स्ववियु निर्वाचनले पाल्पामा विद्यार्थीको चहलपहल

तानसेन: चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनले पाल्पामा विद्यार्थीको चहलपहल बढेको छ।
पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनका लागि ८ विद्यार्थी संघ संगठनले संस्था दर्ता गराएका छन्।
त्रिभुवन बहुमुखी क्याम्पस तानसेनमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ, नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारी, राष्ट्रिय प्रजातन्त्र पाटी निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन, राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन छैटौं, नेकपा एकिकृत समाजवादी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन, नेकपा माओवादी बहुमत पाटी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन क्रान्तिकारी विद्यार्थी संघ संगठनदेखि स्वतन्त्र विद्यार्थीले निर्वाचनका लागि संस्था दर्ता गरेका छन्।
त्रिभुवन बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनको लागि फागुन १९ गते संघ, संगठन, समुह दर्ता, फागुन २१ गते मतदाता सुची प्रकाशित, फागुन २५ गते मतदाता सुची उपर दावी विरोध, छानविन तथा अन्तिम नामावली प्रकाशन, फागुन २६ गते प्रत्यक्ष तर समानुपातिक तर्फ उम्मेदवारहरुको मनोनयनपत्र वितरण कार्यक्रम रहेको निर्वाचन अधिकृत जीवनबहादुर थापाले बताए।
प्रतिक्रिया दिनुहोस !
