'आठ दलीय गठबन्धनमा राष्ट्रपतिको निर्वाचनबारे मात्रै सहमति'

'आठ दलीय गठबन्धनमा राष्ट्रपतिको निर्वाचनबारे मात्रै सहमति'
सुन्नुहोस्

जनकपुरधाम : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता शरतसिंह भण्डारीले आठ दलीय गठबन्धनमा राष्ट्रपतिको उम्मेदवारको विषयमा मात्र सहमति भएको स्पष्ट गरेका छन्। 

जनकपुरधाममा आठ दलीय सत्ता गठबन्धनको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै भण्डारीले राष्ट्रपतिको निर्वाचनलाई लिएर मात्रै अहिले सहमति भएको स्पष्ट गरेका हुन्।

कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा)का नेता हरिनारायण यादवले उपराष्ट्रपति जसपाले पाउनुपर्ने बताएपछि आठ दलीय गठबन्धन अहिले राष्ट्रपतिको निर्वाचनमा मात्रै केन्द्रित रहेको भण्डारीले बताए। 

अहिले हामी राष्ट्रपतिमा हाम्रो गठबन्धनबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई निर्वाचित गराउने गृहकार्यमा लागेका छौँ, भण्डारीले भने ‘अहिले राष्ट्रपतिका विषयमा मात्रै सहमति भएको छ, बाँकी विषयमा पछि सहमति हुँदै जाला।’

बाहिर सञ्चारमाध्यममा उपराष्ट्रपति, संघको खाली मन्त्रालयहरू, प्रदेश सरकारको विषयमा अहिले गठबन्धनभित्र कुनै किसिमको छलफल नभएको उनले बताए। 
भण्डारीले यो गठबन्धन सरकार बनाउन वा राष्ट्रपति निर्वाचनसम्मका लागि मात्रै नभई संविधानबाट प्राप्त उपलब्धिहरूलाई संस्थागत गर्नका लागि समेत बनेको बताए।

उनले यसअघिको सत्ता गठबन्धन सहमतिको राजनीतिलाई तोडेकै कारण भत्किएको दावी गरे। सो गठबन्धनबाटै अहिलेको वर्तमान प्रधानमन्त्री बनेका छन्, तर जुन मनसायले उनलाई प्रधानमन्त्री बनाइयो त्यसले फेरि मुलुक प्रतिगमन तर्फ जाने शंका बढेकाले गठबन्धन टिक्न नसकेको उनको भनाइ थियो। 

शक्ति सन्तुलनको राजनीतिमा एमालेले विश्वास गर्न नसकेकै कारण एमाले अहिले सत्ता गठबन्धन बाहिर रहेको भण्डारीको भनाइ थियो।

नेकपा माओवादी केन्द्रका नेता मातृका यादवले गठबन्धनको उम्मेदवार पौडेललाई निर्वाचित गराउनका लागि नेपाली कांग्रेस आफैं इमान्दार हुनु आवश्यक रहेको बताए।

नेपाली कांग्रेसका नेता फरमुल्लाह मन्सुरले मुलुकलाई संविधान प्रति बफादार, संसदको गरिमालाई बचाएर राख्ने राष्ट्रपति अब आवश्यक रहेको बताए। गठबन्धनले त्यस्तै उम्मेदवारको छनौट गरेकाले निर्वाचित गराउन आग्रह गरे।

मन्सुरले वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको आलोचना गर्दै भने ‘उनी केपी ओलीको सल्लाहमा मात्रै कुनै निर्णय गर्ने भएकाले मुलुकलाई दुर्घटनामा धकेल्ने खेल भयो त्यस्तो दुर्घटना निम्तिन नदिन कांग्रेस तथा गठबन्धनले संविधानप्रति वफादार उम्मेदवार दिएको हो।’

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशलाई अधिकार सम्पन्न नबनाएसम्म मुलुक विकासको कल्पना गर्नु गलत रहेको बताए। 

मुख्यमन्त्री यादवले राष्ट्रपति निर्वाचनपछि प्रधानमन्त्रीलाई भेटेर संघीयता कार्यान्वयनका लागि प्रहरी समायोजन र निजमाती कर्मचारी समायोजन छिटोभन्दा छिटो गर्नका लागि आग्रह गर्ने जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.