३६ सहकारीलाई लेखा परीक्षणसहित आवश्यक कागजात पेश गर्न निर्देशन

३६ सहकारीलाई लेखा परीक्षणसहित आवश्यक कागजात पेश गर्न निर्देशन
सुन्नुहोस्

धनकुटा : विगत तीन वर्षदेखि लेखा परीक्षण प्रतिवेदन, साधारण सभा तथा विवरण नबुझाएको भन्दै धनकुटा नगरपालिकाले आवश्यक कागजातहरूसहित पेश गर्न ३६ सहकारीलाई सार्वजनिक सूचना जारी गरेको छ। 

धनकुटा नगरपालिकाले एक महिनाभित्र आवश्यक कागजात पेश गर्न सार्वजनिक सूचना जारी गरेको हो। नगरपालिका अन्तर्गतको आर्थिक विकास शाखामा ७६ वटा सहकारी संस्था दर्ता भएका छन्। 

तीमध्ये ३६ वटा सहकारीले तीन वर्षभन्दा बढी समयदेखि विवरण नबुझाएको आर्थिक शाखा अधिकृत विकास अधिकारीले बताए। 

उनका अनुसार एक महिनाभित्र विवरण नबुझाउने सहकारीलाई धनकुटा नगरपालिकाको सहकारी ऐनको दफा ६६ को उपदफा (३) बमोजिम संस्था दर्ता खारेजीको आवश्यक प्रक्रियामा लगिनेछ। 

धनकुटा नगरपालिकाको सहकारी ऐन, २०७५ को दफा २८ को उपदफा (२) बमोजिम सहकारी संस्थाको साधारण सभा प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले ६ महिनाभित्र बोलाउनुपर्ने नियम छ। 

सोही ऐनको दफा ५२ को उपदफा (१) बमोजिम आर्थिक वर्ष समाप्त भएको मितिले ३ महिना भित्र संस्थाको कारोबार लेखा परीक्षण गराई सोको प्रतिवेदन, वार्षिक प्रतिवेदन लगायतका कागजातहरू कार्यालयमा पेश गर्नुपर्ने ऐनमा प्रावधान रहेको छ। 

विवरण नबुझाउने ३६ सहकारीमध्ये बचत तथा ऋण सहकारी संस्था ९, बहुउद्देश्यीय सहकारी १, दुग्ध उत्पादक सहकारी ५, उपभोक्ता सहकारी ४, कृषि सहकारी १२, चिया उत्पादक सहकारी २, विद्युत सहकारी १, खेलकुद सहकारी १, र बंगुरपालक सहकारी १ वटा रहेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.