कार्यसम्पादन मूल्यांकनमा दाङका पालिकाले कटाएनन् ६५ अंक

कार्यसम्पादन मूल्यांकनमा दाङका पालिकाले कटाएनन् ६५ अंक
सुन्नुहोस्

स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकनमा अर्घाखाँचीका ६ वटा पालिकामध्ये अर्घाखाँचीको सन्धिखर्क नगरपालिका उत्कृष्ट भएको छ।

दाङ : दाङका स्थानीय तहले स्थानीय तहको कार्यसम्पादन मूल्याकनमा ६५ अंकसमेत कटाउन सकेका छैनन्। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले तयार पारेको कार्यसम्पादन मूल्यांकनमा दाङका १० वटा पालिकाको अवस्था ६५ अंकभन्दा तल देखिएको छ। ११ सूचकका आधारमा प्रदेश र १७ सूचकका आधारमा स्थानीय तहको कार्यसम्पादन मूल्यांकन गरिएको थियो। 

त्यसमा विगतमा उत्कृष्ट देखिएका दाङका स्थानीय तहहरू यसपटक कमजोर देखिएका छन्। स्थानीय तहको कार्य सम्पादन मूल्यांकनमा दाङका १० पालिका मध्ये राप्ती गाउँपालिकाले सबैभन्दा बढी अंक ६४.१७ प्राप्त गरेको छ। 

संघीय सञ्चित कोषबाट तल्ला तहमा प्रदान गरिने वित्तीय समानीकरण अनुदान सिफारिसका लागि सय अंकभार दिएर राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले तयार पारेको कार्यसम्पादन मूल्यांकनमा राप्ती गाउँपालिकाले दाङमा सबैभन्दा बढी अंक ल्याएको तह भएको छ भने दाङमा रहेका उपमहानगर र नगरपालिकाको कार्य सम्पादन गाउँपालिकाभन्दा कम देखिएको छ। 

दोस्रोमा बंगलाचुली गाउँपालिकाले रहेको छ। उसले ५९.१६ ल्याएको छ। तुलसीपुर उपमहानगरपालिकाले ५८.५४, दंगीशरण गाउँपालिकाले ५५.६२ अंक प्राप्त गरेको छ। शान्तिनगर गाउँपालिकाले ५३.७९, घोराही उपमहानगरपालिकाले ४९.२८ अंक प्राप्त गरेको छ। त्यस्तै लमही नगरपालिकाले ४९.१४, बबई गाउँपालिकाले ४५.८८, राजपुर गाउँपालिकाले ४५.०१ र गढवा गाउँपालिकाले ४०.४९ अंक प्राप्त गरेको छ।

स्थानीय तहमा कार्य सम्पादन मूल्याकन गर्दा स्थानीय तहको हकमा समयमा बजेट पेस गरे नगरेको, असार मसान्तभित्र बजेट पास गरे नगरेको, राजस्व बाँडफाँट गरे नगरेको देखि बजेट बेरुजु, विद्यालयमा विद्यार्थी भर्नाको अवस्था, गर्भवतीको संख्यालगायत सूचकलाई राखेको थियो। आयोगले आर्थिक वर्ष ०८०/८१ का लागि वित्तीय समानीकरण अनुदान सिफारिस गर्ने प्रयोजनका लागि यस्ता सूचकका आधारमा सबै प्रदेश र स्थानीय सरकारको कार्यसम्पादन मूल्यांकन गरेको हो। यो मूल्यांकन विगतमा पनि हुदै आएको थियो। 

अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ ले तल्ला तहमा केन्द्र सरकारले अनुदान दिने व्यवस्था गरेको छ। नेपाल सरकारले आयोगको सिफारिसमा प्रदेश र स्थानीय तहलाई वित्तीय समानीकरण अनुदान वितरण गर्ने व्यवस्था छ।

आयोगले सम्बन्धित स्थानीय तह र संघीय सरकारका विभिन्न निकायबाट प्राप्त तथ्यांकका आधारमा कार्य सम्पादन मूल्यांकन गरेर अंक प्रदान गरेको प्रवक्ता ज्ञानेन्द्र पौडेलले जानकारी दिए। मूल्यांकनमा सय अंकभारमा सातै प्रदेश र २३० पालिकाले ५० पनि कटाउन सकेका छैनन भने ३९ पालिकाले मात्रै ७० अंक पार गरेका छन्। 

प्रदेशको हकमा लेखापरीक्षण र बेरुजु, स्थानीय तहलाई आयोगले तोकेको आधारमा अनुदान हस्तान्तरण गरे नगरेको, सवारी कर मासिक रूपमा सञ्चित कोषमा जम्मा गरे (नगरेको, स्थानीय तहलाई वित्तीय समानीकरण अनुदान विवरण चैतभित्र उपलब्ध गराए नगराएको लगायत सूचकका आधारमा मूल्यांकन गरिएको छ।

सन्धिखर्क अर्घाखाँचीकै उत्कृष्ट स्थानीय तह

सन्धिखर्क : स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकनमा अर्घाखाँचीका ६ वटा पालिकामध्ये अर्घाखाँचीको सन्धिखर्क नगरपालिका उत्कृष्ट भएको छ। 

तीन नगरपालिका र तीन गाउँपालिका गरी ६ वटा स्थानीय तह रहेको जिल्लाको सन्धिखर्क नगरपालिकाले ७५.५ अंक प्राप्त गर्दै उत्कृष्ट स्थानीय तह बन्न सफल भएको सन्धिखर्क नगरपालिका राजस्व शाखा प्रमुख मुक्तिराम खनालले बताए। 

योजना बजेट तथा कार्यक्रम व्यवस्थापन, कार्यान्वयन क्षमता तथा व्यवस्थापन, लेखांकन तथा प्रतिवेदन, अनुगमन, मूल्यांकन तथा लेखापरीक्षण र राजस्व व्यवस्थापन गरि पाँच वटा शीर्षकमा गरेको मूल्यांकनमा जिल्लाका ६ वटा पालिकामध्ये सन्धिखर्क नगरपालिकाले सबैभन्दा बढी अंक प्राप्त गर्न सफल भएको हो। 

दोस्रोमा रहेको छत्रदेव गाउँपालिकाले ७१.५ र तेस्रोमा रहेको शीतगंगा नगरपालिकाले ६५ अंक प्राप्त गरेको छ। भूमिकास्थान नगरपालिकाले ६२, पाणिनि गाउँपालिकाले ५६.५ र मालारानी गाउँपालिकाले ५२.५ अंक प्राप्त गरेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.