पाल्पामा फागु नाचको मौलिकता जोगाउँदै बुढापाका

पाल्पामा फागु नाचको मौलिकता जोगाउँदै बुढापाका
सुन्नुहोस्

तानसेन : तानसेन बजारमा बुढापाका, युवा, बालबालिका, महिलाहरू सबै जना रमाएर रंगको होली खेल्दै रमाउँदै घर घर चोक, चोक मन्दिर, मन्दिरमा पुगेर परम्परागत फागु नाच देखाएका छन्। 

प्रायः सहर बजारमाभन्दा गाउँघरका मन्दिरमा नाचिने परपरागत फागु नाच यस पटक तानसेनवासीले घर घरमै देख्न पाएका छन्। 

ग्रामीण बस्ती बौघागुम्बाको टोली फागु पूर्णिमा होलीका अवसरमा तानसेनमा परम्परागत फागु नाच देखाएको हो। 

फागु पूर्णिमाभन्दा एक हप्ता अघिदेखि नै गाउँघर टोल टोलमा अविरको रंग खेल्दै रामायण, कृष्ण चरित्र गाउँदै ढोलक, टेम्को, मादर खैजरु, मझुरा बजाउँदै परम्परागत फागु नाच नाच्ने प्रचलन हराउँदै गएपनि पाल्पाका केही स्थानमा यो परम्परा अझै कायम रहेको छ। 

पाल्पाको भैरव मन्दिरको वरिपरि क्षेत्र, ख्याहा, सोमादी र तानसेनका केही ग्रामीण स्थानमा परम्परागत फागु नाच अझै जीवित रहेको छ। फागु नाचमा रंग अविर खेल्दै रामायण, कृष्ण चरित्र, गोपिनीहरूको रस लिला, शृंगारिक रसका भाव प्रयोगले बुढापाका देखी युवायुवती बालबालिकाहरू रमाइलो गर्ने प्रचलन रहेको पाइन्छ। 

भजन तथा चुटको तालमा शृंगारिक भावहरू प्रयोग गर्दै  ढोलक, दमाहा, ट्याङकुली टेम्को साथमा नाच्दै एक आपसमा रंग, अविर दली रमाइलो गर्ने प्रचलन रहँदै आएको छ। 

गाउँघर बाट पनि हराउँदै गएको फागु संस्कृति सहरमा देखाउन, सहरका युवा युवतीहरूलाई देखाउन, सिकाउन, जगाउन ७७ वर्षको उमेरमा फागु संस्कृतिको जर्गेना गर्न लागेको बौघागुम्बाका लोकबहादुर लम्तरीले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.