इन्टर कलेज टि-२० क्रिकेटको उपाधि ज्ञानज्योतीलाई

इन्टर कलेज टि-२० क्रिकेटको उपाधि ज्ञानज्योतीलाई
सुन्नुहोस्

दाङ : दाङमा सञ्चालित इन्टर कलेज टि-२० क्रिकेटका प्रतियोगिता २०७९ को उपाधि ज्ञानज्योती कलेज तुलसीपुरले जितेको छ।

ज्ञान ज्योती कलेज तुलसीपुर दाङको आयोजनामा सञ्चालित प्रतियोगिताको सोमबार भएको फाइनल खेलमा मार्क इन्टरनेशल कलेज घोराहीलाई २१ रनले पराजित गर्दै ज्ञानज्योतीले उपाधि जितेको हो। 

उपाधिसँगै उसले नगद २५ हजार, बिजेताको ट्रफि उचालेको छ। फाइनलमा पराजित मार्क इन्टरनेशल कलेज उपबिजेतामा रहदै नगद १५ हजारमा पुस्कार पाएको छ। 

अरनिको मैदान तुलसीपुरमा भएको फाइनल खेलमा टस जितेर ब्याटिङ रोजेको ज्ञानज्योती २० ओभरको खेलमा ९ विकेटको क्षेतिमा १ सय ३४ रन बनाएको थियो। 

जसमा सन्दिप बिकले सर्वाधिक ४२ रनको योगदान दिए। त्यस्तै गोपाल केसी र धन बहादुर केसीले क्रमशः ३७ र १४ रन जोड्न सफल भए।

बलिङ तर्फ मार्कका आर्यान घिमिरे, लालमणि वली र आशिष वलीले क्रमशः ३, २ र १ विकेट लिए। 

१ सय ३५ रनको विजयी लक्ष्य पाएको मार्क इन्टरनेशनल कलेजले २० ओभरको समाप्तिमा १ सय १३ रन मात्र समेटिएको थियो।

बलिङ तर्फ ज्ञानज्योतिका धन बहादुर केसी, निर्मल केसीले समान २/२  र सन्दिप बिक ले १ विकेट लिए। म्यान अफ द फाइनल ज्ञानज्योतिका सन्दिप बिक भए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.