दैलेखमा कुटपिटबाट एक जनाको मृत्यु

दैलेखमा कुटपिटबाट एक जनाको मृत्यु
सुन्नुहोस्

दैलेख : दैलेखमा कुटपिटबाट एक जनाको ज्यान गएको छ। जिल्लाको नारायण नगरपालिका-११ का ५२ वर्षीय गगनबहादुर बिकको कुटपिटबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी किशोर लम्सालले जानकारी दिए। 

सोमबार होली पर्वको दिन दिउँसको समयमा बिकलाई स्थानीय २६ वर्षीय तुलबहादुर सिंह र २१ वर्षीय भुपेन्द्रबहादुर बुढाले कुटपिट गरेका थिए। सिंह र बुढाको कुटपिटबाट बिकको टाउको, निधार तथा शरीरका विभिन्न भागमा चोट लागेको थियो। 

कुटपिटका कारण गम्भीर घाइते भएका बिकलाई उपचारका लागि दैलेख जिल्ला अस्पतालमा ल्याइएको थियो। घाइते बिकको उपचारका क्रममा सोमबार राती नै मृत्यु भएको डीएसपी लम्सालले जानकारी दिए। 

कुटपिट गर्ने दुवै जनालाई प्रहरी पक्राउ गरिसकेको छ। डीएसपी लम्सालका अनुसार २६ वर्षीय तुलबहादुर सिंह र २१ वर्षीय भुपेन्द्रबहादुर बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

उनीहरूलाई नारायण नगरपालिका-७ स्थित जंगलबाट नियन्त्रणमा लिइएको डीएसपी लम्सालले बताए। प्रहरीले घटनाको थप अनुसन्धान थालेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.