डाँडाबजार गोल्डकप : आयोजक डाँडाबजार र पञ्चायन सेमिफाइनलमा

डाँडाबजार गोल्डकप : आयोजक डाँडाबजार र पञ्चायन सेमिफाइनलमा
सुन्नुहोस्

धनकुटा : जंगबहादुर थापा स्मृति दोस्रो डाँडाबजार फुटबल प्रतियोगितामा आयोजक डाँडाबजार फुटबल क्लब र पञ्चायन फुटबल क्लब सुनसरी सेमिफाइनलमा प्रवेश गरेका छन्। 

साँगुरीगढी गाउँपालिका-५ स्थित डाँडाबजार खेल मैदानमा बुधबार सम्पन्न पहिलो खेलमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरलाई पेनाल्टी सुटआउटमा ५–३ गोलअन्तरले पराजित गर्दै पञ्चायन सेमिफाइनलमा प्रवेश गरेको हो। 

निर्धारित समयको खेल ३/३ गोलमा टुंगिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। पेनाल्टी सुटआउटमा पञ्चायनले बाजी मार्न सफल भयो। 

उक्त खेलको म्यान अफ द म्याच पञ्चायनका सन्दीप लिम्बु घोषित हुँदै नगद २ हजार प्राप्त गरे।  त्यस्तै दोस्रो खेलमा मोरङको हरैचा स्पोर्टस क्लबलाई ३–१ गोलअन्तरले पराजित गर्दै आयोजक डाँडाबजार विजयी भयो। 

आयोजकको जितमा सुजन मगर, विपिन लिम्बु र इन्सन राईले गोल गरेका थिए। भने हरैचाका लागि सान्त्वना गोल राजेश लुंगेलीले गरेका थिए। 

उक्त खेलको म्यान अफ द म्याच डाँडाबजारका विपिन लिम्बु घोषित भए। उनले नगद दुई हजार रुपैयाँ प्राप्त गरे। 

आजको खेल सँगै सेमिफाइनल समिकरण पुरा भएको छ। अव फाइनल प्रवेशको लागि शुक्रवार पहिलो सेमिफाइनल खेल रारा फुटबल क्लब राजारानी र पञ्चायन एफसी बीच हुनेछ। 

दोस्रो सेमिफाइनल खेल धरान सिटी फुटबल क्लब र डाँडा बजार फुटबल ब्लव बीच हुने आयोजक डाँडा बजार फुटबल क्लबका अध्यक्ष राजकुमार लिम्बुले बताए।  

प्रतियोगितामा आयोजक डाँडाबजार फुटबल क्लब सहित कोशी प्रदेशका विभिन्न ८ टिमको सहभागिता रहेको छ। प्रतियोगिताको विजेताले १ लाख ५० हजार र ट्रफी र उपविजेता टिमलाई नगद ७५ हजार र ट्रफी प्राप्त गर्नेछन्। त्यस्तै विधागत रुपमा उत्कृष्ट हुने खेलाडीलाई समेत पुरस्कारको व्यवस्था गरिएको छ।  

डाँडाबजार फुटबल क्लबको आयोजनामा संचालित प्रतियोगिताको मुख्य प्रायोजक दिलिप थापा हुन्। त्यस्तै ५ नम्बर वडा कार्यालय, साँगुरीगढी गाउँपालिका, गोर्खा व्रुअरी र वदरहुडले पनि सहयोग गरेको छ। प्रतियोगिताको फाइनल खेल आगामी २७ गते शनिबार हुँदैछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.