विराटनगरमा हवाइ फायर, चार जना पक्राउ

विराटनगरमा हवाइ फायर, चार जना पक्राउ
सुन्नुहोस्

विराटनगर : प्रदेशको नाम खारेजीको माग गर्दै विराटनगरमा प्रदर्शनमा गरिरहेका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ। झडपका क्रममा चार जना प्रदर्शनकारी पक्राउ परेका छन्। 

ऐतिहासिक पृष्ठभूमिका आधारमा प्रदेश १ को पुन: नामकरण गर्नुपर्ने माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गरिरहेका उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो। 

महेन्द्र चौकबाट सुरु भएको र्‍याली रोडशेष हुँदै निषेधाज्ञा क्षेत्रभित्र प्रवेश गरेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो। 

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय वरिपरि मोरङ प्रशासनले जारी गरेको निषेधाज्ञा क्षेत्रभित्र प्रदर्शनकारीहरू प्रवेश गर्ने प्रयास गरेपछि प्रहरीले अश्रुग्याँस र हवाइ फायर समेत गरेको छ। 

त्यसको विरुद्धमा आक्रोशित प्रदर्शनकारीले मुख्यमन्त्री कार्यालय अगाडि मुख्यमन्त्री कार्कीको पुत्ला दहन गर्दै ढुंगामुडा गरेका छन्।

जिल्ला प्रशासन कार्यालय मोरङले देवकोटा चौकस्थित प्रदेशसभा सचिवालय र रोडशेषस्थित मुख्यमन्त्री कार्यालय आसपासको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको थियो। 

उक्त क्षेत्रमा प्रदर्शनकारी प्रवेश गर्न खोजेपछि अश्रुग्याँस प्रहार गरिएको प्रहरीले जनाएको छ। सो क्रममा केही राउण्ड हवाइ फायर समेत गरिएको स्थानीयले बताएका छन्। 

प्रदेश सरकारले भने फाल्गुण १७ गते प्रदेशको नामकरण गरेको थियो। प्रदर्शनकारीहरूले प्रदेशको नाम संशोधन गर्नुपर्ने माग गरेका छन्। प्रदेश नं. १ पुनः नामकरण संयुक्त संघर्ष समितिको आयोजनामा भएको प्रदर्शनमा उनीहरूले मुख्यमन्त्री हिक्मत कार्कीविरुद्ध चर्को नाराबाजी समेत गरेका छन्। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.