सिरहा क्याम्पसमा जनमत विद्यार्थी संघको प्यानलै विजयी
सिरहा : सूर्यनारायण सत्यनारायण मोरवैता यादव बहुमुखी क्याम्पसमा जनमत विद्यार्थी संघको प्यानल नै विजयी भएको छ। स्ववियू सभापतिमा दीपेन्द्र कुमार यादव, सचिवमा विवेक कुमार मण्डल र कोषाध्यक्षमा सुमिता कुमारी सिंह विजयी भएका हुन्।
यस्तै सदस्यहरूमा चतुरानन्द यादव, कामेश्वरकुमार यादव, शम्भुकुमार यादव, पुनिताकुमारी शर्मा र राजकिशोर यादव निर्वाचित भएका छन्।
यहाँ समाजवादी विद्यार्थी युनियन, अनेरास्ववियु एस र लोकतान्त्रिक विद्यार्थी संघबीच तालमेल भएको थियो। नेविसंघ भने एक्लै भिडेको थियो।
प्रतिक्रिया दिनुहोस !