विष्णु पौडेलले भने- प्रधानमन्त्री प्रचण्डको बोलीको ठेगान भएन

विष्णु पौडेलले भने- प्रधानमन्त्री प्रचण्डको बोलीको ठेगान भएन
सुन्नुहोस्

काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले राष्ट्रपतिको विषयमा एमालेसँग भएको समझदारी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कार्यान्वयन नगरेको प्रति आपत्ती जनाएका छन् । 

सोमबार संसद बैठकमा सम्बोधन गर्दै एमाले उपाध्यक्ष पौडेलले पुस १० मा भएको सहमति विपरित राष्ट्रिय सहमतिको नाममा राष्ट्रपतिमा कांग्रेसका उमेदवारलाई भोट हालेर प्रधानमन्त्रीले धोका दिएको बताए।

उपाध्यक्ष पौडेलले भने,‘नेपाली कांग्रेस पनि संसदमा छ भनेर प्रधानमन्त्री दाहाले किन थाहा पाउनु भएन ? पुस १० मा एमालेका उमेदवारलाई राष्ट्रपति बनाउने सहमति गरेका बालकोटबाट फर्किएका दाहाललाई के त्यस्तो आइलाग्यो र कांग्रेसका उमेदवारलाई उहाँले समर्थन गर्नुभयो ।'

उनले देशको कार्यकारी व्यक्तिको अभिव्यक्ति विश्वसनीय नहुनु दु:खद भएको बताए ।

प्रधानमन्त्री प्रचण्डले पुस २६ मा पहिलो पटक संसदबाट विश्वासको मत लिएका थिए । पुस १० मा प्रधामन्त्री बन्दा प्रचण्डलाई समर्थन गरेका नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री दोस्रो पटक आज विश्वासको मत लिँदैछन्।

सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । सोही व्यवस्थाअनुरुप प्रधानमन्त्री प्रचण्ड आज विश्वासको मत लिन लागेका हुन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.