ओखलढुंगा अब तीन जिल्लाको शैक्षिक केन्द्र बन्छः मुख्यमन्त्री कार्की

ओखलढुंगा अब तीन जिल्लाको शैक्षिक केन्द्र बन्छः मुख्यमन्त्री कार्की
सुन्नुहोस्

ओखलढुंगाः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ओखलढुंगालाई सगरमाथाका पहाडी जिल्लाको शैक्षिक केन्द्र बनाइने बताएका छन्। 

उनले सिद्धिचरण नगरपालिकामा मनमोहन तालिम केन्द्र भवनको शिलान्यास गर्दै मुख्यमन्त्री कार्कीले पहाडका तीन जिल्लाका विद्यार्थीले सीप सिक्ने केन्द्र ओखलढुंगा हुने बताएका हुन्। 

उनले भने, ‘यो तालिम केन्द्रमा सोलु र खोटाङका विद्यार्थीहरू पनि आएर सिक्न, पढ्न सक्छन्, तीन जिल्लाको शैक्षिक केन्द्र बन्न सक्छ।’ मुख्यमन्त्री कार्कीले तालिम केन्द्रको भवन चाँडो निर्माण सक्न पनि निर्देशन दिए। 

तालिम केन्द्रका लागि ७ करोड बराबरको डीपीआर निर्माण भई गत वर्षबाट बजेट समेत विनियोजन भएको थियो। गत वर्ष स्थानीय सरकारले चासो नदिएपछि बजेट खर्च हुन सकेन। यस वर्ष ५० लाख बजेट रहेको छ। 

यो आयोजनालाई बहुवर्षीय योजनाका रूपमा प्रदेश सरकारले स्वीकृति दिए ठेक्का लगाएर काम थाल्न सहज हुने शहरी विकास तथा भवन कार्यालयका प्रमुख अनुज श्रेष्ठ बताउँछन्। 

यसअघि प्रदेश सरकारले मनमोहन प्राविधिक विश्वविद्यालयको आंगिक क्याम्पस स्थापना गर्न ओखलढुंगामा जग्गा समेत खरिद गरिसकेको थियो। सरकार परिर्वतन भएपछि रोकिएको काम अब सुरु हुने अपेक्षा गरिएको छ। 

जिल्लामा आंगिक क्याम्पस स्थापनाका लागि आवश्यक पूर्वाधारको तय गर्ने काम पूर्व मन्त्री अम्बीरबाबु गुरुङले थालेका थिए। उनको कार्यकालपछि थप पहल हुन सकेको छैन। 

मुख्यमन्त्री कार्की अहिले उनकै पहलमा जिल्लाका विभिन्न योजना शिलान्यास तथा अनुगमनका लागि २ दिनदेखि ओखलढुंगामा छन्। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.