दलित समुदायले ८४ बुँदे मागपत्र सार्वजनिक गर्ने

दलित समुदायले ८४ बुँदे मागपत्र सार्वजनिक गर्ने
सुन्नुहोस्

दैलेख : दलित समुदायले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाट ८४ बुँदे मागपत्र सार्वजनिक गर्ने भएका छन्। 

मंगलबार मनाइने अन्तर्राष्ट्रिय जाति तथा रंगभेद उन्मूलन दिवसमा हुने बृहत् जनप्रर्दशनबाट उक्त मागपत्र सार्वजनिक गरिने भएको हो। 

‘आफ्ना लागि आफैं’ को नारा लिएर सञ्चालित दलितका लागि दलित अभियान नेपालले उक्त मागपत्र सार्वजनिक गर्न लागेको हो। 

अभियानका पश्चिम संयोजक खगेन्द्र सुनारका अनुसार मंगलबार प्रदेश राजधानी वीरेन्द्रनगरको घण्टाघर अगाडि बृहत् जनप्रर्दशन गर्न लागिएको छ। 

प्रर्दशनमा कर्णालीसहित अन्य प्रदेशबाट झण्डै २५ हजार दलित समुदाय सहभागी हुने सुनारले जानकारी दिए। ‘दिवसका अवसरमा प्रदेश राजधानीमा दवावमुलक कार्यक्रम गर्न लागिएको हो, त्यहीबाट सरकारसँग ८४ बुँदे मागपत्र सार्वजनिक गर्छौं,’ सुनारले भने ‘मागपत्र सरकारको ध्यानाकर्षणका लागि मात्र होइन्, चेतावनी हुनेछ।’ 

राज्यका निकायमा दलित समुदायको सहज प्रवेश र पहुँच लगायतका मागहरू अघि सारिएको छ। प्रर्दशनबाट थप आन्दोलनमा कार्यक्रमहरू सार्वजनिक गरिनेछ। 

प्रर्दशनमा जातीय भेदभाव तथा छुवाछुतबाट पीडित परिवार पनि सहभागी हुनेछन्। ‘यो प्रर्दशन आन्दोलनको सुरुवाती रुप हो, दलित आन्दोलनको नयाँ अध्याय सुरु गरेका हौँ, हाम्रो आन्दोलन गैरदलितविरुद्ध नभई राज्य र जात व्यवस्थाविरुद्ध हो,’ सुनारले भने। 

मंगलगढीबाट सुरु भई घण्टाघर अगाडि हुने कार्यक्रममा राष्ट्रिय स्तरमा ख्यातिप्राप्त कलाकारहरू दलित समुदायको अधिकारको सवालमा सांगितिक प्रस्तुति दिने अभियानले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.