साङलोबाट ६ वर्षमा मुक्त

साङलोबाट ६ वर्षमा मुक्त
साङ्लामा बाँधिएर जीवन बिताइरहेका रामबहादुर परियारलाई उद्धार गरी उपचारका लागि पठाउँदै त्रियुगा नगरपालिकाकी उपमेयर महेश्वरी राईलगायत।
सुन्नुहोस्

त्रियुगा नगरपालिका भित्र कोही पनि मानसिक बिरामी उपचार अभावमा बस्नु नपरोस भनेर नगरपालिकाले बिरामीहरूको तथ्यांक संकलन गरी नियमित उद्धार गर्ने कार्ययोजना बनाएको उनले बताइन्।

उदयपुर : उपचार खर्चको अभावमा विगत ६ वर्षदेखि साङ्लोमा बेरिएर बसेका उदयपुरका एक युवालाई उद्धार गरिएको छ।

मानसिक सन्तुलन गुमेपछि दिदी हस्तमाया बिकको घरमा साङ्लोले बाँधेर राखिएका त्रियुगा नगरपालिका–६ लालपत्ताका २१ वर्षीय रामबहादुर परियारलाई त्रियुगा नगरपालिकाले उद्धार गरेको हो।

नगरपालिकाका उपमेयर महेश्वरी राई र सामाजिक अभियन्ता भागवत राउतको नेतृत्वमा विरामीको उद्धार गरी उपचारार्थ हेटौंडास्थित मानव सेवा आश्रम पठाएको हो। नगरपालिकाले बिरामीलाई मानव सेवा आश्रम हेटौंडा पुर्‍याउन सवारीसाधनको व्यवस्था र उपचारका लागि सहजिकरण गरेको उपमेयर राईले बताइन्।

त्रियुगा नगरपालिका भित्र कोही पनि मानसिक बिरामी उपचार अभावमा बस्नु नपरोस भनेर नगरपालिकाले बिरामीहरूको तथ्यांक संकलन गरी नियमित उद्धार गर्ने कार्ययोजना बनाएको उनले बताइन्।

बिरामीले उपचार पाउने भएपछि खुसी हुँदै दिदी हस्तमायाले भनिन्, ‘भाइको उपचारका लागि हामी चिन्तित थियौँ, तर आर्थिक अवस्था राम्रो थिएन, हाम्रो अवस्था हेरेर नगरपालिकाले जुन सहयोगको भूमिका खेल्यो सधैं सम्झने छौं।’ 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.