शिक्षक हत्या प्रकरण, आरोपित मुनालाई जन्मकैद

शिक्षक हत्या प्रकरण, आरोपित मुनालाई जन्मकैद
गुराँस गाउँपालिका–८ को मकुटकस्थित गाउँ र मालिका मावी।
सुन्नुहोस्

दैलेख : शिक्षकको हत्या गर्नेलाई दैलेख जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ। अदालतले गुराँस गाउँपालिका–८ मकुटककी २८ वर्षीया मुना राना खड्कालाई जन्मकैद गरेको छ। जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासबाट मुनालाई जन्मकैद फैसला भएको अदालतका श्रेस्तेदार एवं उपसचिव इन्द्रबहादुर कार्कीले बताए। 

फैसलामा मुनाले जन्मकैद (२५ वर्ष) कारागार बस्नुपर्ने, पीडित पक्षलाई एक लाख रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने र पीडित राहत कोषमा दुई हजार आठ सय रुपैयाँ जम्मा गर्नुपर्ने सजाय तोकिएको उल्लेख छ। 

मुनाले आफ्नै छिमेकी मालिका मावि लालीकाँडा मुकुट्कका शिक्षक ४२ वर्षीय नगेन्द्रबहादुर बिसीको २०७८ भदौ २९ गते राति धारिलो हतियार प्रयोग गरि हत्या गरेकी थिइन्। 

बयानका क्रममा मुनाले आफू माथि यौनजन्य दुर्व्यवहार भएपछि धारिलो हतियार चक्कु प्रहार गरी हत्या गरेको स्वीकार गरेकी थिइन्।

हत्या गरिएका शिक्षक बिसीका दुई छोरा अध्ययनको सिलसिलामा बाँकेको कोहलपुरमा थिए। घटनाकै दिन शिक्षक बिसीको श्रीमती कृष्णाकुमारी काम विशेषले दैलेख सदरमुकाममा थिइन्।  

शिक्षक बिसीले घर नजिकै आफ्नो दिदीको घरमा साँझको खाना खाइसकेपछि मुनाको देवरले चलाएको पसलमा राति ११ बजेसम्म बसेको र घर फर्किंदा आफू सुतेको कोठामा पुगी त्यस्तो दुर्व्यवहार गरेको मुनाको आरोप छ। 

आफूसँगै सुतेका छोराहरूलाई थाहा नहोस् भनेर शिक्षक बिसीलाई साथमा लिई आफ्नो घरसँग जोडिएको मालिका मावि लालीकाँडा मुकुट्कको हातामा चक्कु प्रहार गरेको भनी मुनाले प्रहरी र अदालतमा एकै प्रकारको बयान दिएकी थिइन्।

मुनाका श्रीमान २५ वर्षीय डम्बर खड्कालाई अदालतले सफाई दिएको छन्। सुर्खेतमा रहेका खड्कालाई मुनाले हत्या घटना लगत्तै मोबाइलबाट जानकारी गराएको बेला ‘भागेर आऊ म लुकाउने प्रयास गरौंला’ भनेर म्यासेज गरेका आधारमा डम्बरलाई समेत हत्या अभियोगमा कारागार थुनामा राखिएको थियो। 

‘लुकाउने प्रयास गरौंला’ भनेर मुनालाई म्यासेज लेखेकै आधारमा हत्या अभियोगमा डेढ वर्षदेखि थुनामा रहेका खड्काले सफाई पाएका हुन्। 

आरोपितका परिवार विस्थापित

शिक्षक बिसीको हत्यामा संलग्न मुनाको परिवार विस्थापित भएका छन्। शिक्षक बिसी हत्या घटनाबारे कानूनी प्रक्रिया चलिरहेको बेला हत्याका आरोपित मुनाका परिवारहरूलाई घटना भएयता पीडित परिवारले उनीहरूको आफ्नो घरमा बस्न नदिएको कारण डेढ वर्षदेखि विस्थापित हुनु परेको इन्सेक प्रतिनिधि अमर सुनारले बताए। 

बुहारीले शिक्षकको हत्या गरेपछि दैलेखको गुराँस गाउँपालिका–८ छोटेपोखराका नवलसिंह खड्का, नवलसिंहकी श्रीमती डिलसरा खड्का, कान्छो छोरा दीर्घबहादुर खड्काको चार जनाको परिवार समेत ६ जना विस्थापित छन्।

आफ्नो घरमा बस्न कोशिस गर्नैपर्छ भनेर गत मंसिर २५ गते घर पुगेका मुनाका सासुससुरा नवलसिंह र डिलसरालाई मृतक शिक्षक नगेन्द्रको श्रीमती कृष्णाकुमारी र बुहारीले कालोमोसो दलेर दुर्व्यवहार गरेको स्थानीयको भनाइ छ। 

नवलसिंहले आफ्नो घरमा बस्न पाउनुपर्ने भन्दै स्थानीय तहका जनप्रतिनिधि, प्रहरी र राष्ट्रिय मानव अधिकार आयोगमा लिखित र मौखिक उजुरी गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.