घट्यो दाङको जनसंख्या

घट्यो दाङको जनसंख्या
फाइल तस्बिर।
सुन्नुहोस्

दाङ : दाङको जनसंख्या प्रारम्भिक तथ्यांकभन्दा घटेको छ। राष्ट्रिय जनगणना २०७८ को  प्रारम्भिक तथ्यांकभन्दा १ हजार २ सय ९ जनाले कमी आएको हो। १४ महिनाअघि गतवर्ष माघ १३ गते तथ्यांक विभागले सार्वजनिक गरेको प्रारम्भिक विवरणमा दाङको जनसंख्या ६ लाख ७६ हजार २ सय रहेकोमा अन्तिम तथ्यांकमा दाङको जनसंख्या ६ लाख ७४ हजार ९ सय ९३ कायम भएको हो। 

अन्तिम तथ्यांकअनुसार दाङमा पुरुषभन्दा महिलाको संख्या बढी रहेको छ। जिल्लामा ३ लाख २० हजार ५ सय ७३ अर्थात् ४७ दशमलव ५ प्रतिशत पुरुष र ३ लाख ५४ हजार ४ सय २० अर्थात् ५२ दशमलव ५ प्रतिशत महिला रहेका छन्। जिल्लामा १० पालिकामध्ये सबैभन्दा बढी जनसंख्या घोराही उपमहानगरपालिमा रहेको छ भने सबैभन्दा कम बंगलाचुली गाँउपालिकामा रहेको छ।

घोराही उपमहानगरपालिकामा २ लाख ५ सय ३० जनसंख्या रहेको छ भने बंगलाचुलीमा २२ हजार ३ सय ७३ रहेको छ। तुलसीपुर उपमहानगरपालिकामा १ लाख ७९ हजार ७ सय ५५, शान्तिनगर गाउँपालिकामा २७ हजार ६ सय ४१, बबई गाउँपालिकामा ३० हजार ९ सय ६८, दंगिशरण गाउँपालिकामा ३२ हजार ६ सय ६८ जनसंख्या रहेको छ। यस्तै लमही नगरपालिकामा ५९ हजार ५०, राप्ती गाउँपालिकामा ५२ हजार १ सय २३, गढवा गाउँपालिकामा ४५ हजार ८ सय ९८ र राजपुर गाउँपालिकामा २८ हजार ३ सय ४६ जनसंख्या रहेको छ।

 सल्यानको जनसंख्या २ लाख ३८ हजार 

सल्यानको जनसंख्या तीन लाखभन्दा कम रहेको छ। राष्ट्रिय जनगणना २०७८ को विवरणमा सल्यानको जनसंख्या २ लाख ३८ हजार ५ सय १५ कायम भएको हो। अन्तिम नतिजाअनुसार जिल्लामा पुरुषको तुलनामा महिलाको संख्या धेरै रहेको छ। जिल्लामा १ लाख २३ हजार ५३३ अर्थात् ५ दशमलव ८ प्रतिशत महिला रहेका छन् भने ४८ दशमलव २ प्रतिशत अर्थात् १ लाख १४ हजार ९८२ पुरुषको संख्या रहेको छ। १० पालिकामध्ये सबैभन्दा बढी शारदा नगरपालिकामा र सबैभन्दा कम ढोरचौर गाउँपालिकामा जनसंख्या रहेको छ। शारदा नगरपालिकामा ३४ हजार ६ सय ६३ रहेको छ भने ढोरचौर गाउँपालिकामा १३ हजार १ सय २७ रहेको छ। 

यस्तै बागचौर नगरपालिकामा ३४ हजार २१, कालिमाटी गाउँपालिकामा २२ हजार २ सय ६, छत्रेश्वरी गाउँपालिकामा २१ हजार २ सय ४२, बनगाड कुपिण्डे नगरपालिकामा ३२ हजार ९ सय ४० कायम रहेको छ। यस्तै कपुरकोट गाउँपालिकामा १७ हजार ५ सय २६, त्रिवेणी गाउँपालिकामा १६ हजार ६ सय ६४, दार्मा गाउँपालिकामा २० हजार ४१ र  कुमाख गाउँपालिका २४ हजार ८ सय ५९ कायम रहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.