वीरगन्जलाई पन्छाउँदै एनआरटी सेमिफाइनलमा

वीरगन्जलाई पन्छाउँदै एनआरटी सेमिफाइनलमा
सुन्नुहोस्

सिमराः न्युरोड टिम (एनआरटी) जगदम्बा १३ औं जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। 

सिमरा रंगशालामा आइतबार भएको खेलमा वीरगन्ज युनाइटेड क्लबलाई १-० ले पराजित गर्दै साबिक विजेता एनआरटी अन्तिम चारमा प्रवेश गरेको हो। 

एनआरटीलाई उपाधि होडमा उभ्याउने क्रममा अशोक थापाले निर्णायक गोल गरे। खेलको २९ औं मिनेटमा गौरव श्रेष्ठको पासलाई सदुपयोग गर्दै अशोकले हेडर गोल गरेका हुन्। अशोकले वीरगन्जको फितलो रक्षापंक्तीको फाइदा उठाएका थिए। 

बागमती युवा क्लबलाई ३-० ले पराजित गर्दै एनआरटीसँगको भेट पक्का गरेको वीरगन्जले उत्कृष्ट खेल पस्किए पनि स्कोर निकाल्न भने सकेन। वीरगन्जका लागि आशा गरिएका विवेक चौधरी, कृपा चौधरी चल्न सकेनन्। दुवैले थुप्रै अवसर खेर फालेका थिए। 

एनआरटीको जितमा रक्षापंक्ती सम्हालेका अजय चौधरीको भूमिका महत्वपूर्ण देखियो। सिमरा रंगशालाको उत्पादन समेत रहेका अजयले वीरगन्जका अग्रपंक्तीका खेलाडीलाई मार्क गरेर खेले। विवेक, कृपालगायतका खेलाडीको खेलसँग जानकार रहेका अजयले वीरगन्जको फिनिसिङ लाइनअपलाई चल्न दिएनन्। 

बि डिभिजनको क्लब वीरगन्जविरुद्ध एनआरटीले अपेक्षा गरिएअनुसार प्रदर्शन गर्न भने सकेन। यू २० का खेलाडीसहितको टिम लिएर मैदानमा उत्रिएको एनआरटी आपसी लयको खोजीमा देखिन्थ्यो। 

घरेलु दर्शकको समर्थन पाएको वीरगन्जले एनआरटीविरुद्ध थुप्रै अवसर बनाएपनि सदुपयोग गर्न नसक्दा प्रतियोगिताबाट बाहिरिन बाध्य भयो। खेलको ४८औं मिनेटमा विवेक चौधरी वन भर्सेस वनको स्थितिमा चुके। उनको प्रहार गोल पोष्ट नजिकैबाट बाहिरिन पुग्यो। 

खेलको ५४औं मिनटमा वीरन्गजका कृपा चौधरीले अर्को अवसर खेर फाले। डिबक्स भित्र पाएको अवसरमा कृपाले आकर्षक प्रहार गर्न सकेनन्। यस्तै दोस्रो हाफको अन्तिम समयमा सागर चौधरीको हेड बल क्रस बारमा लागेर फर्किदा वीरगन्जका लागि खेलमा फर्कन अवसर गुमेको थियो। 

पहिलो हाफमा लिएको अग्रतालाई जोगाएर राखेको एनआरटीले वीरगन्जविरुद्ध केही राम्रा अवसर गुमाउन पुग्दा जितका लागि निकै संघर्ष गर्नुपर्‍यो। 

एनआरटीको जितमा निर्णायक गोल गरेका अशोक खेलको म्यान अफ दि म्याच घोषित भए। उनले १० हजार नगद प्राप्त गरे। 
प्रतियोगिता अन्तर्गत सोमबार ए डिभिजनका हिमालयन शेर्पा क्लब र सातदोबाटो युथ क्लबबीच खेल हुनेछ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.