मधेशमा चैती छठको रौनक

मधेशमा चैती छठको रौनक
सोमबार वीरगन्जको घडीअर्वा पोखरीमा तयार पारिएको छठघाटमा सूर्य र छठी मातालाई अर्घ दिँदै र पुजाअर्चना गर्दै ब्रतालुहरू । तस्बिर : क्रान्ति शाह
सुन्नुहोस्

छठको मुख्य दिन आज साँझ ब्रतालु महिला नदी, पोखरी, तलाउलगायतका जलाशयमा तयार पारिएको छठघाटमा पुगेर अस्ताउदो सूर्य र छठी मातालाई अर्घ दिँदैछन् ।

वीरगन्ज : श्रद्धा,भक्ति र सम्पूर्ण तराई मधेशको साझा सांस्कृतिक धरोहरका रुपमा मनाइने चैती छठ पर्वको मुख्य दिन सोमबार छठघाटमा पुगेर ब्रतालुहरूले अस्ताउदो सूर्य र छठी मातालाई अर्घ दिइरहेका छन् ।null

चैत शुक्लपक्षमा चार दिनसम्म मनाइने चैती छठ पर्वको तेस्रो दिन षष्ठी तिथिलाई छठको मुख्य दिन मानिन्छ । जसलाई संझीया घाटे पनि भनिन्छ । छठको मुख्य दिन सोमबार साँझ ब्रतालु महिला नदी, पोखरी, तलाउलगायतका जलाशयमा तयार पारिएको छठघाटमा पुगेर अस्ताउदो सूर्य र छठी मातालाई अर्घ दिँदैछन् ।

null

वीरगन्जको घडीअर्वा पोखरी,रानीघाटको सिर्सिया नदी ,नगवा ,छपकैयालगायतका स्थानमा रहेका छठघाट (जलाशय) हरूमा सोमबार साँझ सूर्य भगवान् र छठीमातालाई अर्घ दिन ब्रतालुहरूको भीड लागेको छ ।

सूर्य भगवान र छठी मातालाई पूजापाठ र अर्घ दिनका लागि गहुँ वा चामलको पिठोबाट ठेकुवा बनाउने गरिन्छ । यस्तै मुला,गाँजर,बेसारको हरियो बेर्ना,ज्यामिर,नरिवल,सुन्तला, केरा, स्याउ, पानी सिंगडा, सुथनी,उखुलगायतका फलफूल पनि सूर्य भगवान र छठी मातालाई अर्घ दिने गरिन्छ ।

null

छठ पर्वको अन्तिम दिन सप्तमी तिथीका दिन मंगलबार बिहान ब्रतालुहरू फेरि छठघाटमा पुगेर उदाउँदो सूर्य र छठीमातालाई अर्घ दिएपछि छठ पूजा विधिवतरुपमा समापन हुन्छ । यसअघि आइतबारदेखि निर्जला ब्रत लिएका ब्रतालुहरूले आइतबार नै साँझ नुहाएर चोखो भइ आफ्नो कूल देवताको पूजा कोठामा नयाँ चुलो बनाएर त्यसैमा चामल र भेलीको खीर रसीआव तथा गहुँको रोटी प्रसादका रुपमा पकाएर चन्द्रोदय पछि चन्द्रमालाई चढाएर पूजापाठ गरेका थिए ।

null

चैती छठ पर्व शनिबारदेखि विधिवत रुपमा सुरू भएको हो । चैत शुक्लपक्षमा चार दिनसम्म मनाइने चैती छठ पर्वको पहिलो दिनलाई नहाए खाएके दिन पनि भन्ने गरिन्छ । चैत छठको पहिलो दिन शनिबार ब्रतालुहरूले खोला,नाला,नदी, पोखरी र तलाउ लगायतका जलाशयमा नुहाइ धुवाई गरेर शुद्ध भइ चोखो साकाहारी खाना खाएका थिए ।

null

सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने तराईबासीको महान् चाड छठ  कात्तिक र चैतमा गरी वर्षमा दुईपटक मनाउने गरिन्छ । छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने धार्मिक जनविश्वास रही आएको छ । पछिल्लो समयमा छठ  मनाउनेको संख्या पनि बढ्दै गएको छ ।

null


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.