शेखरलाई स्वर्णिमको सन्देश : तपाईँसँगको मित्रता कायम राख्दै पार्टी छाड्ने निर्णय गरेँ
काठमाडौं : नेपाली कांग्रेसका बौद्धिक नेता एवं अर्थशास्त्री स्वर्णिम वाग्लेले पार्टी छाडेका छन्। उनले डा. शेरखर कोइरालालाई सन्देश पठाउँदै आफूले कांग्रेस छाडेको बताएका हुन्।
उनले कोइरालालाई सम्बोधन गर्दै अपार सद्भावका बावजुद निरन्तर हेपाइ र अपमानले पार्टीमा रहन नसक्ने अवस्था आएको उल्लेख गरेका छन्।
उनले जहाँ रहे पनि आत्मीय मित्रता कायमै राख्ने सन्देशमा उल्लेख गरेको स्रोतले बताएको छ।
'यो निर्णय लिनुअघि हजुरहरूसँग भेटेको भए निश्चय पनि कांग्रेस नछोड्न भन्नुहुन्थ्यो। त्यसपछि छोड्दा अवज्ञा गरेकोजस्तो हुन्थ्यो,' सन्देशमा उनले भनेका छन्, 'कांग्रेसमा हजुरहरूको निर्णयाक हैसियत बनेको दिन फेरि हामी कुनै न कुनैरूपमा जोडिनसक्ने आशा छ।'
प्रतिक्रिया दिनुहोस !