बैतडीमा बुडाल मृत्यु प्रकरण : चारजना कारागार चलान, पाँच धरौटीमा छुटे

बैतडीमा बुडाल मृत्यु प्रकरण : चारजना कारागार चलान, पाँच धरौटीमा छुटे
सुन्नुहोस्

बैतडी : फागुन १३ गते चौलानी नदीमा मृत फेला परेका बैतडीको दशरथचन्द नगरपालिका १० का २५ वर्षीय जीवन बुडाल मृत्यु प्रकरणमा मुछिएका चारजनालाई पूर्पक्षका लागि कारागार चलान गरिएको छ । तीन जनालाई जनही १ लाख ५० हजार र दुई जनालाई ५० हजार धरौटीमा रिहा गरिएको छ । 

त्यसैगरी तीनजनालाई सामान्य तारिखमा छोडिएको छ । बिहीबार जिल्ला अदालत बैतडीले यस्तो आदेश दिएको छ ।  दशरथचन्द नगरपालिका १० कै गजेन्द्र सिंह रावल,अर्जुन सिंह रावल, भीम सिंह ठगुन्ना र नारायण सिंह ऐरीलाई पूर्वक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी, प्रहरी निरिक्षक योगेश खत्रीले जानकारी दिए ।
 

यसैगरी पुष्पराज भट्ट, टेक सिंह खत्री र जितेन्द्र सिंह ऐरीलाई जनही १ लाख ५० हजार धरौटीमा रिहा भएका छन् । श्यामु सिंह ऐरी र नविन सिंह ठगुन्ना जनही ५० हजार धरौटीमा छुटेका छन् ।  
केशव सिंह रावल, मोहन सिंह ठगुन्ना र भुवन राम लुहारलाई सामान्य तारेखमा रिहा गरिएको प्रहरी निरिक्षक खत्रीले जानकारी दिए । 

शरथचन्द नगरपालिका–१० खडेनीका २५ वर्षीय बुडाल फागुन १३ गते मृत फेला परेका थिए । साथीहरुसँगै वनभोज मनाउन गएका बुडाल मृत फेला परेपछि आफन्तले घटनाको यथाशीघ्र छानबिन हुनुपर्ने माग राख्दै संघर्ष समेत गरेका थिए ।

 त्यसपछि प्रहरीले १२ जनालाई पक्राउ गरी अनुसन्धान गरेको थियो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.