अपांगता भएकी महिलालाई बलात्कार गर्नेलाई जन्मकैद

अपांगता भएकी महिलालाई बलात्कार गर्नेलाई जन्मकैद
सुन्नुहोस्

दैलेख : अपांगता भएकी महिलालाई जबरजस्ती करणी गरेको आरोप लागेका युवकलाई दैलेख जिल्ला अदालत दैलेखले जन्मकैदको सजाय सुनाएको छ। 

जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासले गुराँस गाउँपालिका–३ का ३८ वर्षीय भद्रबहादुर बुढालाई जन्मकैदको सजाय फैसला भएको हो।

अदालतले २३ वर्षीया अपांगता भएकी महिलालाई बलात्कार गरेको कसुरमा बुढालाई उक्त सजाय तोकेको हो। 

अदालतका सूचना अधिकारी टिकाराम न्यौपानेका अनुसार जन्मकैद (२५ वर्ष कैद), पीडितलाई एक लाख क्षतिपूर्ति र पीडित राहत कोषमा दुई हजार आठ सय रुपैयाँ तिनुपर्ने फैसला भएको छ।

अपांगता भएकी महिलालाई २०७८ असार ६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले २०७८ असार ८ गते जिल्ला प्रहरी कार्यालय दैलेखमा उजुरी दिएको थियो। सोही दिन पीडित महिलाको स्वास्थ्य परीक्षण दैलेख जिल्ला अस्पतालमा भएको थियो।

दैलेख प्रहरीले घटनाको अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालय मार्फत साउन ३ गते जिल्ला अदालतमा जबरजस्ती करणी मुद्दा दर्ता गरेको थियो। 

मुद्दा पेश भएको भोलिपल्टै भएको थुनछेक बहसपछि तत्कालीन जिल्ला न्यायाधीश दण्डपाणि लामिछानेको इजलासबाट आरोपितलाई पुर्पक्षका लागि कारागार थुनामा पठाइएको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.