सहकारी दिवसमा १३५ जनाले गरे रक्तदान
काठमाडौं : पाँचतारा बचत तथा ऋण सहकारी संस्थाले बृहत् रक्तदान गरेको छ। ६६औं राष्ट्रिय सहकारी दिवस तथा संस्थाको १५ औं वार्षिकोत्सवका अवसरमा रक्तदान गरिएको हो।
संस्थाको आयोजना, काठमाडौं बचत तथा ऋण सहकारी संघ (कास्कून) र ब्लोदान पुर्वी भेगीय क्षेत्रीय समिति कोटेश्वरको संयोजनमा रक्तदान गरिएको हो।
सो अवसरमा बोल्दै ब्लड डोनर्स एसोसियसन नेपाल (ब्लोदान)का केन्द्रिय अध्यक्ष सानुबाबु प्रजापतिले रक्तदान गर्नेहरु बढेकाले रगतको अभाव नभएको बताए।
कास्कूनका सचिव वीरेन्द्र भण्डारीले दिवसको अवसर पारेर धेरै सहकारी संस्थाहरूले रक्तदान कार्यक्रम आयोजना गरेको जनाए।
पाँच तारा साकोसका प्रमुख कार्यकारी अधिकृत युवराज अधिकारीले मानवीय सेवा पुर्याउने उद्देश्यले रक्तदान गरिएको बताए। संस्थाका अध्यक्ष भोलानाथ पाठकले १ सय ३५ जनाले रक्तदान गरेको बताए।
प्रतिक्रिया दिनुहोस !