चोरीपैठारी तथा निकासीको सामानसहित मोटरसाइकल नियन्त्रणमा

चोरीपैठारी तथा निकासीको सामानसहित मोटरसाइकल नियन्त्रणमा
सुन्नुहोस्

सप्तरी : जिल्लाको डाक्नेश्वरी नगरपालिका-४ स्थित कुशाहा सीमा इलाकाबाट चोरीपैठारी तथा निकासीको सामानसहित मोटरसाइकल नियन्त्रणमा लिइएको छ। 

मंगलबार करिव २ लाख २२ हजार रुपैयाँ बराबरको चोरीपैठारी तथा निकासीको सामान र दुई वटा मोटरसाइकल नियन्त्रणमा लिइएको हो। 

उक्त मोटरसाइकलमा राखी भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको लत्ताकपडा तथा चिनी र भारततर्फ लैजाँदै गरेको मदिरा प्रस्तावित सीमा सुरक्षा गुल्म पातो (बिओपी पातो) ले नियन्त्रणमा लिएको हो।

बरामद सामान तथा मोटरसाइकल आवश्यक कारबाहीका लागि राजविराज भन्सार कार्यालयमा बेल्ही तिलाठीमा बुझाइएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.