संक्रमणकालीन न्याय टुंग्याउन गृहमन्त्रीले मागे अमेरिकी सहयोग

संक्रमणकालीन न्याय टुंग्याउन गृहमन्त्रीले मागे अमेरिकी सहयोग

काठमाडौं : उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले संक्रमणकालीन न्याय सम्बन्धी मुद्दा टुंग्याउन अमेरिकी सरकारसँग सहयोग मागेका छन्। बुधबार सिंहदवारमा नेपालस्थित अमेरिकी राजदूत डीआर थम्पसनसँग गृहमन्त्री श्रेष्ठले संक्रमणकाली न्यायसम्बन्धी मुद्दामा सहयोग गर्न आग्रह गरेका थिए।

गृहमन्त्री श्रेष्ठले सरकार संक्रमणकालीन न्याय निरुपणसम्बन्धी विस्तृत शान्ति सम्झौताको मर्मअनुसार शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्ने उद्देश्यमा केन्द्रित रहेको भन्दै नेपालका हितैषी अन्तर्राष्ट्रिय निकायबाट त्यसमा सहयोगको अपेक्षा गरिएको बताए। उनले यससम्बन्धी विधेयक संसदमा पेस भएको बताउँदै राजदूत थम्पसनसँग सहयोगको अपेक्षा गरेका थिए।

'संक्रमणकालीन न्याय सम्पन्न गर्न सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगलाई पूर्णता दिने कानुन निर्माणका लागि त्यससम्बन्धी विधेयक संसदमा पेस भइसकेको छ। यसमा अमेरिकालगायत अन्तर्राष्ट्रिय निकायबाट सरकारले सहयोगको अपेक्षा गरेको छ,' उनले भनेका थिए। 

राजदूत थम्पसनले अमेरिकाले नेपालको शान्ति प्रक्रियाले पूर्णता पाएको देख्न चाहेको बताएका थिए। उनले आफू र आफ्ना कूटनीटिक साझेदारहरूसँग यसको सहजताका लागि पहल लिने बताएको गृहमन्त्रीको सचिवालयको जनाएको छ। 

राजनीतिक अस्थिरताले विकासमा पार्न सक्ने प्रभावका बारेमा राजदूत थम्पसनले चासो लिएकोमा उपप्रधानमन्त्री श्रेष्ठले नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने संवैधानिक अभ्यासमै रहेकाले यसले विकास निर्माणलाई प्रभावित नगर्ने बताए। राजदूत थम्पसनले नेपाली लोकतन्त्रको सुदृढीकरणका लागि अमेरिकाले पूर्ण सहयोग गर्ने बताए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.