राजश्व छलेर ल्याएको दुई करोड बढि मुल्यको दुई ट्रक सामान बरामद

राजश्व छलेर ल्याएको दुई करोड बढि मुल्यको दुई ट्रक सामान बरामद
वीरगन्जबाट प्रहरीले नियन्त्रणमा लिएका  मालसामानसहितका ट्रक । तस्बिर : जिप्रका पर्सा
सुन्नुहोस्

वीरगन्ज : राजश्व छलेर भित्र्याइएको आशंकामा वीरगन्जबाट प्रहरीले दुई रोडभन्दा बढि मुल्यको सामानसहितका दुई ट्रक नियन्त्रणमा लिएको छ ।  वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डकस्थित सडकखण्डबाट बुधबार प्रहरीले दुई करोड २६ लाखभन्दा बढि मुल्यका सामान लोड गरिएका दुईवटा ट्रक नियन्त्रणमा लिएको हो । 

वीरगन्जबाट मालसामान बोकेर कलैया र विराटनगर जाँदै गरेका ना ३ च ३१५० र ना ३ ख ५८९९ नम्बरको ट्रक प्रहरीले गण्डक चोकमा रोकेर चेकजाँच गरेको थियो । त्यसक्रममा दुवै ट्रकबाट श्रृंगारका सामग्री, हार्डवेयर,औषधि लत्ताकपडा गरी २करोड २६ लाख ८ सय २३ रुपैयाँ मुल्यको सामान बरामद भएको पर्साका प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले बताए ।

ती दुवै ट्रकमा बिलबिजकभन्दा बढि मुल्यको सामान भेटिएपछि मालसामानसहितका दुवै ट्रक नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि बुधबार नै राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको जानकारी पनि उनले दिए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.