एसईई परीक्षा दिन आएका ५२ जना नक्कली परीक्षार्थी पक्राउ

नियन्त्रणमा लिएकाहरु नक्कली परीक्षार्थी भएको प्रहरीको दाबी छ। आज सामाजिक विषयको परीक्षा थियो। परीक्षा लेख्न आएकाहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्त प्रहरी नायव उपरीक्षक रञ्जन दाहालले बताए।
विराटनगर : एसईई परीक्षा दिन आएका ५२ जना नक्कली परीक्षार्थीलाई मोरङ प्रहरीले पक्राउ गरेको छ। ग्रामथान गाउँपालिका– २ मा रहेको सरस्वती माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट ५२ जनालाई नियन्त्रणमा लिएको हो।
नियन्त्रणमा लिएकाहरु नक्कली परीक्षार्थी भएको प्रहरीको दाबी छ। आज सामाजिक विषयको परीक्षा थियो। परीक्षा लेख्न आएकाहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्त प्रहरी नायव उपरीक्षक रञ्जन दाहालले बताए।
प्रहरीले बुधबार सोही परीक्षा केन्द्रबाट एक जनालाई पक्राउ गरेको थियो। बिहीबार ५२ जनालाई नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक दाहालले बताए। ‘५२ जना शंकास्पद परीक्षार्थीलाई नियन्त्रणमा लिएका छौं,’उनले भने,‘एउटाको नाममा अर्कैले परीक्षा दिएको भेटिएपछि नियन्त्रणमा लिएर अनुसन्धान गर्दैछौं।’
कुन कुन विद्यालयका विद्यार्थी हुन भन्ने खुल्ने क्रममा रहेको उनले बताए। प्रहरी स्रोतका अनुसार पक्राउ परेका मध्ये धेरैले जना नरग्राम माध्यमिक विद्यालयका विद्यार्थीको प्रवेश पत्र बोकेका छन्।
प्रतिक्रिया दिनुहोस !
