बसपार्क एरियामा प्रहरीको स्विप अपरेसन, ९२ जना पक्राउ

बसपार्क एरियामा प्रहरीको स्विप अपरेसन, ९२ जना पक्राउ
सुन्नुहोस्

काठमाडौं : काठमाडौंको बसपार्क एरियामा अवाञ्छित गतिविधि गर्ने ९२ जना पक्राउ परेका छन्। 

काठमाडौं महानगरपालिका-२६ र टोखा नगरपालिका-९ मा रहेको एरियाहरूमा विभिन्न शंकास्पद गतिविधि भइरहेको सूचना प्रहरीले पाएको थियो। 

जिल्ला प्रहरी परिसर काठमाडौंका सहप्रवक्ता निरन्जन भट्टका अनुसार यस्ता गतिविधिमा संग्लन ३६ जना महिला र ५६ जना पुरुष गरी ९२ जनालाई नियन्त्रणमा लिइएको हो।

जिल्ला प्रहरी परिसर र बालाजु वृतको प्रहरी टोलीले बसपार्क एरियाको बसस्टप, दोहोरी साँझ तथा होटल र रेष्टुरेण्ट, रात्रि क्लबबाट यी व्यक्तिलाई नियन्त्रणमा लिएको हो। 

सहप्रवक्ता भट्टका अनुसार उनीहरूले बसपार्क एरियामा रहेका होटल तथा दोहोरी रेष्टुरेण्टमा आउने ग्राहकलाई बढी बिल लिने, होटलमा जान भन्दै प्रेसर गरेर बलजफ्ती गर्ने, बाटोमा हिँड्ने पैदल यात्रुलाई प्रलोभनमा पारेर फसाउने जस्ता क्रियाकलाप गर्दै आएका थिए। 

यसका साथै ती इलाकामा लागूऔषध तस्करी तथा कारोबार गर्ने, यौनधन्दा चलाउने तथा अप्ठ्यारोमा परेका महिलालाई बाध्य पारेर यौन कर्ममा लगाउने जस्ता घटनाहरू बढिरहेको थियो। त्यहाँका स्थानीय तथा सर्वसाधारणले प्रहरीसमक्ष गुनासो गरेका थिए।

यस्ता घटना र गुनासो बढ्दै गएपछि प्रहरीले स्विप अपरेसन नै सञ्चालन गरेर कारबाही प्रक्रिया अगाडि बढाएको हो। परिसरका सहप्रवक्ता भट्टका अनुसार स्विप अपरेसनमा प्रहरीले घटना हुने सम्भावित एरियामा सूक्ष्म रूपमा निरीक्षण र निगरानी गर्छ। निरीक्षणका क्रममा भेटिएका यस्ता गतिविधिमा संलग्न गर्नेलाई प्रहरीले नियन्त्रणमा लिने गर्छ।

अनुसन्धानमा सक्रिय प्रहरीका अनुसार विभिन्न जिल्लाबाट राजधानी आउने व्यक्तिको मुख्य थलो हो बसपार्क। उक्त एरियामा भेटिएका सोझासिधा व्यक्ति यस्ता समूहको टार्गेटमा पर्छन्।

उनीहरूले समस्यामा परेका व्यक्तिलाई विभिन्न बहानामा लुट्ने गर्छन्। तानातान गरेर होटलमा लैजाने, रात्रि क्लबमा छिरेर हुलदंगा गर्ने, मापसे गरेर झै-झगडा र एक आपसमा कुटपिट गर्ने लगायतका कार्य गर्छन्।

होटलमा पुगेका ग्राहकलाई लुट्ने नियतले नै यस्ता समूह पछि लाग्ने गर्छन्। विभिन्न युवतीहरू प्रयोग गरेर ग्राहक लुट्न सक्रिय होटल सञ्चालक पनि प्रहरी नियन्त्रणमा परेका छन्।

बढी बिल बनाएर ठगी गर्ने रेष्टुरेण्ट सञ्चालक पनि प्रहरीको फन्दामा परेका छन्। पक्राउ परेका समूहलाई प्रहरी परिसर टेकु, प्रहरी वृत लैनचौर सोह्रखुट्टे, दरवारमार्ग,  गौशाला, जनसेवा, बालाजु तथा महाराजगन्जमा राखिएको छ। उनीहरूलाई अभद्र व्यवहारमा मुद्दा चलाइने सहप्रवक्ता भट्टले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.