सहयोगीबाट परीक्षा

सहयोगीबाट परीक्षा
बैतडीको सुर्नया गाउँपालिका–२ को नेपाल राष्ट्रिय माविमा भाईको सहयोगमा एसईई परीक्षा दिँदै शविता ठगुन्ना।  कृष्ण बिष्ट
सुन्नुहोस्

बैतडी : बैतडीको पाटन नगरपालिका–५ त्रिपुरेश्वर माविकी छात्रा सविता ठगुन्नाको एसईईको परीक्षामा उनका भाइले सहयोग गरिरहेका छन्। सबिताको हात भाँचिएपछि भाइ मुकेशले सहयोग गरीरहेका हुन्। मुकेश कक्षा ९ मा अध्ययनरत छन्। 

उनले दिदी सविताले बताएअनुसार उत्तर पुस्तिकामा लेख्ने गरेका छन्। ‘दिदीको दाहिने हात भाचिएको छ, त्यसैले सहयोग गरिरहेको छु’, मुकेशले भने। शविताको परीक्षा केन्द्र सुर्नया गाउँपालिका–२ नेपाल राष्ट्रिय माविमा परेको छ। 

अशक्त परीक्षार्थीको एक कक्षा मुनिको विद्यार्थीले लेख्नमा सहयोग गर्न पाउने प्रावधान अनुरूप उनका भाइले सहयोग गरिरहेको शिक्षा विकास तथा समन्वय इकाई बैतडीका सूचना अधिकारी पुष्करराज शर्माले जानकारी दिए। 

सोही केन्द्रमा पाटन नगरपालिका–४ का किरियापुत्री किशोर महरापनि परीक्षा दिइरहेका छन्। उनी बुबाको किरिया बसिरहेका हुन्। चैत १२ गते भीरबाट लडेर उनका बुवा जगदीशसिंह महराको मृत्यु भएको थियो। बिहान घरबाटै काका रमेश सिंह महरासँग मोटरसाइकलमा परीक्षा केन्द्र पुग्ने गरेका छन्। 

परीक्षा केन्द्रका केन्द्राध्यक्ष राजेन्द्र बिष्टका अनुसार उनीहरूका लागि अलग्गै बस्ने व्यवस्था मिलाइएको छ। ‘शान्त बसाइँ व्यवस्थापन र खानेपानीको सहज व्यवस्था मिलाएका छौँ, समन्वयको आधारमा सहजीकरण गरीदिएका छौं, उनीहरू नियमित परीक्षामा सहभागिता जनाइरहेका छन्,’ उनले भने।

जिल्लाको दशरथचन्द नगरपालिका– २ की निरा लुहार जन्मजात आँखा नदेख्ने छात्रा हुन। उनी पनि बहिनी भूमिका लुहारको मद्दतमा एसईई दिइरहेकी छन्। ‘आँखा देख्दिन, बहिनी भूमिकाको सहयोगमा एसईई दिइरहेकी छु, राम्रो ग्रेड ल्याएर पास हुन्छु भन्ने लागेको छ,’ परीक्षा सकेर फर्किनेबेला निराले भनिन्।


जिल्लाको पुर्चाैडी नगरपालिका–६ की दिपाकुमारी विकको पनि हात भाँचिएको छ। उनको परीक्षामा उनका भाइ महेश विकले सहयोग गरीरहेका छन्। उनी प्रौल मावि बाँगामा परीक्षा दिइरहेकी छन्। शारीरिक रूपमा अशक्त र किरियापुत्रीको लागि आवश्यक सहजिकरणको व्यवस्थापन गरिरहेको शिक्षा विकास तथा समन्वय एकाइ बैतडीका प्रमुख नरेन्द्रप्रसाद अवस्थीले बताए। 

बैतडीमा एसईई परीक्षामा १ सय ३० जना विद्यार्थी अनुपस्थित भएका छन्। ७५ छात्र र ५५ छात्रा गरी १ सय ३० परीक्षार्थी एसईई परीक्षामा अनुपस्थित भएका हुन। शिक्षा विकास तथा समन्वय एकाइ बैतडीका सूचना अधिकारी पुष्करराज शर्माका अनुसार साधारणतर्फ ४९ छात्र र २४ छात्रागरी ७३, ग्रेड वृद्धितर्फ २२ छात्र र ३१ छात्रागरी ५३ र प्राविधिक तर्फका ४ छात्र परीक्षामा अनुपस्थित रहेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.