उपचारको क्रममा युवकको ज्यान गएपछि आफन्त आन्दोलित

उनलाई ठक्कर दिने सुप्रप ०१–००१ ख ३१५४ नम्बरको गाडी चालकलाई कारवाही र मृतकका श्रीमती र दुई छोरीको लालन पालनको जिम्मा लिनु पर्ने मृतकका आफन्तले माग गरेका छन्।
अछाम : अछाममा बसको ठक्करबाट घाइते भएका साँफेबगरका एक युवकको उपचारको क्रममा ज्यान गएपछि आफन्तहरु आन्दोलित भएका छन्। आन्दोलित मृतकका आफन्तहरुले दुई दिनदेखि बजार र यातायात ठप्प पारेका छन्।
उनलाई ठक्कर दिने सुप्रप ०१–००१ ख ३१५४ नम्बरको गाडी चालकलाई कारवाही र मृतकका श्रीमती र दुई छोरीको लालन पालनको जिम्मा लिनु पर्ने मृतकका आफन्तले माग गरेका छन्।
चैत १९ गते साँफेबगर नगरपालिका ७ रिडिकोटको वडा कार्यालय नजिकै बसले ठक्कर दिएको थियो। साँफेबगर नगरपालिका ३ सिद्देश्वरका २६ वर्षीय हेमराज कुँवरको उपचारका क्रममा काठमाडौंमा चैत २४ गते मृत्यु भएको हो।
प्रतिक्रिया दिनुहोस !
