१ सय १८ केजी चरेससहित ३ जना पक्राउ
पर्सा : पटेर्वासुगौली गाउँपालिका-५ देउरियाबाट अवैध लागुऔषध चरेस १ सय १८ केजी र अवैध लागुऔषध गाँजा ४ केजीसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा पटेर्वासुगौली गाउँपालिका-५ बस्ने ६० वर्षीय प्रदेशी राउत (थारू),मकवानपुर रक्सीराङ गाउँपालिका-८ बस्ने ३८ वर्षीय रमेश मोक्तान र मकवानपुर मनहरी गाउँपालिका-६ बस्ने २५ वर्षीय रेशन मोक्तान रहेका छन् ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा र वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको संयुक्त टोलीले प्रदेशी राउतको घर तथा टहरा तलासी गर्दा उक्त परिमाणको लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरू उपर लागुऔषधसम्बन्धी कसूरमा प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस !