पोखराबाट अन्तर्राष्ट्रिय उडान सुरु गर्न प्रधानमन्त्रीसँग पोखराका पर्यटन व्यवसायीको माग

पोखराबाट अन्तर्राष्ट्रिय उडान सुरु गर्न प्रधानमन्त्रीसँग पोखराका पर्यटन व्यवसायीको माग

पोखरा : पोखराका पर्यटन व्यसायीले पोखराबाट छिटो अन्तर्राष्ट्रिय उडान सुरु गर्ने गरी पहल गर्न प्रधानमन्त्री पुष्पकमल दाहालसँग अनुरोध गरेका छन्। पोखरा पर्यटन परिषद्को नेतृत्वमा सोमबार राजधानी पुगेका पर्यटन व्यवसायीले प्रधानमन्त्रीसंग भेटेर पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नाममा मात्रको अन्तर्राष्ट्रिय नबनाउन अनुरोध गरे। 

प्रधानमन्त्री दाहालले गएको जनवरी १ मा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेका थिए। विमानस्थल उद्घाटन भएको तीन महिनाभन्दा बढी समय भइसक्दा पनि आन्तर्राष्ट्रिय उडान कहिलेबाट सुरु हुने भन्ने एकिन नभएपछि पोखराका पर्यटन व्यवसायी, उद्यामीहरुले प्रधानमन्त्रीलाई भेटेर अन्तर्राष्ट्रिय उडानकालागि पहल गर्न अनुरोध गरेका हुन्। 

प्रधानमन्त्री दाहाल संगको भेटमा पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले भारत, चीन, बंगलादेश लगायत देशमा तत्काल उडान थाल्ने गरी नीतिगत पहल गर्न अनुरोध गरे। तपाईँ आफैँले उद्घाटन गरेको विमानस्थल नाम अन्तर्राष्ट्रिय तर उडान पोखरा-काठमाडौंजस्तो मात्र भएको भन्दै परिषदका अध्यक्ष श्रेष्ठले परिणाम निस्कने गरी छिटो नीतिगत पहल गर्न अनुरोध गरेका थिए। 

व्यवसायीले नेपाल एयरलाइन्सलाई पूर्ण व्यवसायिक बनाई अन्तरिक मात्र नभएर व्यवसायिक रुपमा अन्तर्राष्ट्रिय उडान सुरु गर्न गरी आवश्यक जहाजहरु खरिद गर्न पनि सुझाएका थिए। नेपालको राष्ट्रिय ध्वजावाहक जहाजले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट कम्तीमा एउटा अन्तर्राष्ट्रिय उडान सुरु गर्ने गरी पहल गर्न पनि व्यवसायीले प्रधानमन्त्रीलाई ध्यानआकर्षण गराएका थिए।  

पोखरामा पर्यटकको बसाई लम्ब्याउन पोखराको फेवाताल किनारमा रहेको राजदरबार रत्नमन्दिर, हिमा गृह जस्ता सम्पदा खुला गर्न पनि व्यवसायीले माग गरेका थिए। 

बैंकको व्याजदर एक अंकमा झार्न र कर्जा पुनर्तालिकीकरण गर्न माग
पोखरा उद्योग वाणिव्य संघ, नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स, रेस्टुरेन्ट एन्ड बार एसोसियसन (रेवान) पोखरा, होटल संघ पोखरा लगायत बिभिन्न संघ संस्थाका प्रतिनिधिले व्यवसास निकै अप्ठ्यारोमा परेको भन्दै बैंकको व्याजदर एक अंकमा झार्न र कर्जा पुनतालिकीकरण गर्न पनि प्रधानमन्त्री दाहाल संग अनुरोध गरेका थिए। 

व्यवसाय चौपट भएकोले किस्ता र ब्याज बुझाउन नसकेको प्रधानमन्त्रीसँग व्यवसायीले बताए। ७-८ प्रतिशतको ब्याजदरमा लिएको ऋणको ब्याज दोब्बर भन्दा माथी पुगेको, ब्याज स्थिरै रहेको भए पनि तिर्न नसक्ने अवस्थाको व्यवसाय रहेको अवस्थामा ब्याज घट्नसको साटो उल्टै बढेको व्यवसायीले बताएका छन्। 

नेपाल पर्यटन बोर्डको प्रशासनिक एवं व्यवस्थापकीय सुधार गरी पर्यटकीय संघ संस्थाका संस्थागत प्रतिनिधित्व सुनिश्चित गर्न पनि ब्यवसायीले माग गरे। नेपाल पर्यटन बोर्डको बजेट नितान्त पर्यटन प्रवद्र्धनकालागि विनियोजन गर्न, मुक्तिनाथ दर्शन गर्न जाने दर्शनार्थीलाई टिम्स र गाइड अनिवार्यको व्यवस्था नगर्न पनि व्यवसायीले अनुरोध गरे। पदयात्रामा जाने पर्यटककालागि मात्र गाइड र सहयोगी अनिवार्य गर्न व्यसायीको माग छ।
 
नेपाल भित्रिने पर्यटकहरुलाई सहज र मुख्य सहरसम्मको यात्रा सुविधाका लागि राजमार्गहरु सुधार गर्नुपर्ने ब्यवसायीको माग छ। पृथ्वीराजमार्ग पुर्ननिर्माणको काम भइरहेको अवस्थामा व्यस्थित रुपमा सुचार गर्न र छिटो निर्माणका काम सक्ने गरी पहल गर्न पनि व्यवसायीले प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएका छन्। पोखराको मुख्य आकर्षण प्याराग्लाइडिङलाई अन्तर्राष्ट्रिय उडानलाई असर नगर्ने गरी पूर्ववत रुपमा स्थापित गर्न पनि व्यवसायीले माग गरेका छन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.