करोडौं रकम हिनामिनामा नारायणी अस्पतालको फार्मेसीको अनुसन्धान किन थामथुम?

करोडौं रकम हिनामिनामा नारायणी अस्पतालको फार्मेसीको अनुसन्धान किन थामथुम?
२०७८ साउन ३२ मा वीरगन्जस्थित नारायणी  अस्पतालको फार्मेसीमा छापा मारेर छानबिन गर्दै अख्तियार दुरुपयोग अनुसन्धानको टोली । फाइल तस्बिर
सुन्नुहोस्

वीरगन्ज : वीरगन्जस्थित नारायणी अस्पतालको फार्मेसीमा भएको आर्थिक हिनामिनाबारे अख्तियारले छापा मारेर फाइल र कागजात लिएर गएको २० महिना बितिसकेको छ ।

तर, त्यसपछिको अनुसन्धान र कारबाहीको प्रगतिबारे अख्तियार अहिलेसम्म मौन छ । अस्पतालको सरकारी फार्मेसीमा औषधि खरिद बिक्रीमा त्यहाँ कार्यरत कर्मचारीले १ करोड २१ लाख रुपैयाँ हिनामिना गरेको समचार अन्नपूर्णपोष्ट दैनिकको २०७८ साउन २४ गतेको अंकमा प्रकाशन भएको थियो । 

त्यसको आठ दिनपछि साउन ३२ गते हेटौडास्थित अख्तियार दुरुपयोग अनुसन्धानको क्षेत्रीय कार्यालयबाट उपसचिव विष्णुप्रसाद सापकोटा नेतृत्वमा आएको टोलीले फार्मेसीमा छापा मारेको थियो । फार्मेसीमा छापा मारेको अख्तियारको टोलीले फार्मेसीको कोरोबार सम्बन्‍धी फाइल र कागजात नियन्त्रणमा लिनुका साथै फार्मेसीको स्टोर कक्षमा सिल गरेर हेटौडा फर्किएको थियो । 

हेटौडा फर्कने क्रममा अख्तियार टोली प्रमुख सापकोटाले सबै कागजात अध्यनन गरेर ७/८ दिनमै अनुसन्धानको रिपोर्ट सार्वजनिक गर्ने बताएका थिए । तर, अहिले २० महिना  बितिसक्दा पनि अख्तियारले अझै सम्म अनुसन्धानको रिपोर्ट नै सार्वजनिक गर्न सकेको छैन ।

अख्तियार दुरुपयोग अनुसन्धानको क्षेत्रीय कार्यालय हेटौंडाका उपसचिव सापकोटाले थप अनुसन्धान गर्नुपर्ने आवश्यकता देखिएकाले वीरगन्जबाट लिएर आएका कागजातसहितको सबै फाइल २०७८ भदौ १० मै केन्द्रीय कार्यालयमा पठाइ दिएको उनले बताए । 

उनले भने,‘हामीले त्यहि बेला सबै कागजातसहितको फाइल आयोगको केन्द्रीय कार्यालयमा पठाइदियौं,त्यसपछिको प्रगतिबारे केन्द्रमै बुझनु होला । '

त्यसअघि २०७८ साउनमा आफूहरूले गरेको १० दिनको अनुसन्धानका क्रममा फार्मेसीले खरिद गरेका औषधि म्याद सकिएपछि समयमै आपूर्तिकर्तालाई फिर्ता नगरेको ,स्टोरकक्षमा ठूलो परिमाणमा म्याद सकिएका औषधि लामो समयदेखि भण्डारण गरिराखेको,खरिद गरिएका औषधिको परिमाणअनुसार बील नभएको जस्ता कैफियत भेटिएको जानकारी पनि सापकोटाले दिएका थिए ।

नारायणी अस्पतालले २०७४ बैशाखदेखि सञ्‍चालनमा ल्याएको फार्मेसी २०७८ जेठ मसान्तसम्म फार्मेसीमा कार्यरत कर्मचारीले औषधिको खरिद बिक्री,तलब भत्ता सुविधालगायतमा करिब  १ करोड २१ लाख रुपैयाँ हिनामिना गरेको प्रमाणसहित भेटिएको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.