लागुऔषधसहित ४ जना पक्राउ

लागुऔषधसहित ४ जना पक्राउ
सांकेतिक तस्बिर।
सुन्नुहोस्

काठमाडौं : लागुऔषधसहित विभिन्न स्‍थानबाट ४ जना पक्राउ परेका छन्।  कञ्चनपुर, बेलौरी नगरपालिका-६ भुराकोटबाट अवैध लागुऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ करिब १ ग्राम ४८ मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा कैलाली धनगढी उपमहानगरपालिका-१३ कैलारीगाउँ बस्ने २३ वर्षीय मदन राना र २८ वर्षीय निसान घर्ती मगर रहेका छन् । इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले सु.प.प्र.०१(००९ प ३०९७ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । 

यस्तै    मोरङ,बिराटनगर महानगरपालिका-१५ स्थित १ नम्बर ढाटबाट अवैध लागुऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ करिब १ ग्राम ९४ मिलिग्रामसहित सुनसरी धरान उपमहानगरपालिका-६ बस्ने २२ वर्षीय राहुल विकलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो।

लागुऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त पदार्थ सोही ठाउँ बस्ने ४० वर्षीय बिमल बहादुर कट्वालले बोक्न दिएको भनी खुल्न आएपछि कट्वाललाई समेत बिराटनगर महानगरपालिका-१५ स्थित २ नम्बर ढाटमा फेला पारी प्रहरीले पक्राउ गरेको छ ।

सिरहा,सखुवानान्कार्कट्टि गाउँपालिका-२ सोठियाईनस्थित शौचालयको छतमाथिको ट्याङकीभित्र अवैध लागुऔषध गाँजा करिब १ केजी ५ ग्राम सोमबार दिउँसो प्रहरीले बरामद गरेको छ । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय महेशबारीबाट खटिएको प्रहरीले उक्त गाँजा फेला पारी बरामद गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.