संक्रमणकालीन न्यायसम्बन्धी विधेयक फास्ट ट्रयाकबाट अघि बढाउन छलफल भइरहेको छ : प्रधानमन्त्री

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक फास्ट ट्रयाकबाट अघि बढाउन छलफल भइरहेको छ : प्रधानमन्त्री
सुन्नुहोस्

काठमाडौं : नेकपा माओवादी केन्द्रले संक्रमणकालीन न्यायसँगसम्बन्धी विधेयकलाई फास्ट ट्रयाकबाट अघि बढाउन माग गरेको छ। 

सिंहदरबारमा मंगलबार बसेको माओवादी संसदीय दलको बैठकले शान्ति प्रक्रियाका बाँकी कामलाई छिटो टुंगोमा पुर्‍याउनका लागि संक्रमणकालीन न्यायसँगसम्बन्धी विधेयकलाई फास्ट ट्रयाकबाट अघि बढाउन माग गरेको हो। 

बैठकले संवैधानिक परिषद् र सम्पती शुद्धीकरणसँगसम्बन्धी विधेयकलाई पनि छिटो पारित गर्नमा लागि माग गर्ने निर्णय गरिएको माओवादी संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए।

बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विधेयकहरू अघि बढाउँदा प्रतिपक्षीसहितका दलहरू सहमति खोज्नुपर्नेमा जोड दिएका थिए। 

संक्रमणकालीन न्यायका विषयमा पनि शीर्ष तहमा छलफल गरेर समझदारी गरेर जाने तयारी भइरहेको पनि प्रधानमन्त्रीले बताएका थिए। 

संसदीय दलको बैठकले दलको विधान परिमार्जनका लागि पाँच सदस्यीय कार्यदल गठन गरेको छ। 

कार्यदललाई  एक महिनाभित्रै संशोधन सहितको आवश्यक प्रतिवेदन बुझाउन निर्देशन दिइएको प्रमुख सचेतक पाण्डेले बताए।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.