बिन्दाबासिनी कंसाकारलाई समानुपातिक सांसद बनाउने रास्वपाको निर्णय
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले बिन्दाबासिणी कंसाकारलाई सामानुपातिक सांसद बनाउने निर्णय गरेको छ। घुस मागेको अडियो प्रकरणमा मुछिएका सांसद ढाकाकुमार श्रेष्ठलाई साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरेपछि कंसाकारलाई सांसद बन्ने बाटो खुलेको हो।
समानुपातिक बन्दसूचीअनुसार उनलाई सांसद बनाउने पक्रिया अगाडि बढाउने पार्टी सभापति रवि लामिछानेले जानकारी दिए। उनले सांसद श्रेष्ठले सोचेजस्तो जवाफ दिन नसकेको भन्दै कारबाही गरिएको बताए।
बुधबार पार्टी कार्यालयमा भएको केन्द्रीय कमिटी बैठकले सांसद श्रेष्ठलाई साधारण सदस्यसमेत खारेज गर्ने र कंसाकारलाई प्रतिनिधिसभा सदस्य बनाउने प्रक्रिया प्रारम्भ गरिने सभापति लामिछानेले बताए।
प्रतिक्रिया दिनुहोस !