बाँदरलाई चीनतिर निकासी गरियोस् कि मार्ने अनुमति दिइयोस् : सांसद खतिवडा
![बाँदरलाई चीनतिर निकासी गरियोस् कि मार्ने अनुमति दिइयोस् : सांसद खतिवडा](https://annapurnapost.prixacdn.net/media/albums/ramhari-khatiwada_jFsrqoJ0Hv_stH9uBScHQ.jpg)
काठमाडौं : सांसद रामहरी खतिवडाले बाँदर आतंक रोक्न सरकारसँग माग गरेका छन्। आइतबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद खतिवडाले मुलुकभरका पहाडी जिल्लामा बाँदरले किसानका बालीनाली सखाप गरी दुःख दिएको भन्दै समाधानका लागि सरकारको ध्यानाकर्षण गराएका हुन्।
उनले बाँदरको व्यावसायिक व्यापार गर्न र निर्यात गर्न सकिने बारेमा सोच्ने बेला आएको समेत बताए। बाँदरले किसानलाई हदैसम्म दु:ख दिएको भन्दै चीनतिर निकासी गर्न या मार्न अनुमति दिन सरकारसँग माग गरे।
उनले भने,'समाचार पढेको थिएँ,सुनेको थिए। श्रीलंकाले बाँदरलाई चीनतिर निकासी गरेछ र बेचेछ। हाम्रो पनि आर्थिक संकट परिराखेको छ। केही बाँदरहरू चीनतिर लाने व्यवस्था गरियोस् भनेर सभामुखको ध्यानाकषर्ण गदर्छु। कि मार्ने अनुमति दिइयोस्।'
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)