अमेरिकी डलर साट्ने बहानामा लुटपाट गर्ने तीनजना पक्राउ

अमेरिकी डलर साट्ने बहानामा लुटपाट गर्ने तीनजना पक्राउ
सांकेतिक तस्बिर।
सुन्नुहोस्

काठमाडौं : काठमाडौं उपत्यकाका विभिन्न स्थानमा अमेरिकी डलर साट्ने बहानामा लुटपाट गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-३ धार्पा घर भई ललितपुर टिकाथली बस्ने २९ वर्षीय सुकलाल पाइन,२५ वर्षीय इनकुमार पाख्रिन र २२ वर्षीय सूर्यबहादुर पाइन रहेका छन् । 

विभिन्न व्यक्तिलाई सम्पर्क गरी सस्तो दरमा अमेरिकी डलर साटिदिन्छु भनि प्रलोभन देखाइ ललितपुर हरिसिद्धिबाट १८ लाख रूपैयाँ,काठमाडौं चोभारबाट १८ लाख रूपैयाँ र ललितपुर ईमाडोलबाट १० लाख रूपैयाँ ठगी भएको घटनाको अनुसन्धानको क्रममा उनीहरूको संलग्नता रहेको खुल्न आएको छ। 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई ललितपुर ढुङ्गेली बसपार्क नजिकबाट पक्राउ गरेको हो । उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीका लागि प्रहरी वृत्त सातदोबाटो ललितपुर पठाइएको छ । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.