शान्तिवाटिकामा भएको घटना छानबिन गर्न सरकारले बनायो समिति

शान्तिवाटिकामा भएको घटना छानबिन गर्न सरकारले बनायो समिति
सुन्नुहोस्

काठमाडौं : मिटरब्याज पीडितमाथि प्रहरीले बल प्रयोग गरेको घटना अनुसन्धानका लागि छानबिन समिति गठन भएको छ। गृह मन्त्रालयले काठमाडौंका सहायक जिल्ला प्रमुखको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको हो। 

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले घटनामा दोषी देखिएकालाई कारबाही गरिने बताए समितिले पाँच दिनमा प्रतिवेदन पेश गर्नेछन्। 
 

गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतका अनुसार छानबिन समितिमा सहायक जिल्ला प्रमुख अधिकारी देवी खत्री पाण्डे र नेपाल प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धान विभागको एक-एक जना प्रतिनिधि छन्। यसका साथै गृह मन्त्रालयको शान्ति सुरक्षा शाखाका शाखा अधिकृत दिपेश बिडारी सदस्य सचिव रहेका छन्। 

सोमबार शान्तिवाटिकामा मिटरब्याज पीडित र प्रहरीबीच झडप भएको थियो। गृहमन्त्रीका अनुसार शान्तिवाटिकामा मिटरब्याज पीडितहरू बसेको स्थानमा बासको भाटा तथा इटा जम्मा भएको थियो। पीडितहरू निषेधित श्रेत्रमा प्रवेश गर्ने क्रममा प्रहरीले रोक लगाएपछि आन्दोलनकर्मीले ढुंगा र इटा प्रहार गरेका थिए। यसलाई रोक्ने क्रममा प्रहरी र पीडितमाथि झडप भएको थियो। 

घटना घटेकोमा दुःख व्यक्त गर्दै गृहमन्त्रीले अब यस्ता घटना नघट्ने प्रतिबद्धता व्यक्त गरे। सबै पक्षलाई संयमित हुन उनको आग्रह थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.