लुम्बिनीमा डिल्लीबहादुर चौधरीलाई मुख्यमन्त्री बनाउन ८ दलले दाबी पेश गर्दै

लुम्बिनीमा डिल्लीबहादुर चौधरीलाई मुख्यमन्त्री बनाउन ८ दलले दाबी पेश गर्दै
सुन्नुहोस्

दाङ : लुम्बिनी प्रदेशमा गठबन्धनले सरकारको दाबी प्रस्तुत गर्ने तयारी गरेको छ । कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई मुख्यमन्त्री नियुक्त गर्न दिउँसो सवा १ बजे  दाबी पेस गरिने भएको हो । 

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले विश्वासको मत पाउन नसकेपछि प्रदेशप्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दाबी पेस गर्न आग्रह गरेका थिए ।

प्रदेश प्रमुख शेरचनले आह्वान गरेको सूचनाकै आधारमा आज १ बजे तोकेकै समयमा दाबी पेस गर्ने चौधरीको सचिवालयले जनाएको छ ।

यसअघि कांग्रेस र माओवादी केन्द्रसहित ८ दल र एक स्वतन्त्र गरी ५३ सांसदहरूले मुख्यमन्त्री लिला गिरी अल्पमतमा परेको भन्दै चौधरीलाई संविधानको धारा १६८ ९२० अनुसार मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुख शेरचनसमक्ष निवेदन दिएका थिए । आज पनि ५३ जनाको हस्ताक्षरसहित दाबी पेस गर्न लागिएको चौधरीको सचिवालयले जनाएको छ।

८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा एमालेका २९, नेपाली कांग्रेसका २७, माओवादीका ११, राप्रपाका र नागरिक उन्मुक्ति पार्टीका ४–४ जना, जनमत पार्टी,जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका ३–३ जना, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका एक–एकजना र स्वतन्त्र एक सांसद रहेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.