बैंक खाता अरूलाई चलाउन दिएपछि...

बैंक खाता अरूलाई चलाउन दिएपछि...

काठमाडौं : आफ्नो नाममा खोलेको बैंक अकाउन्ट अर्कालाई प्रयोग गर्न दिँदा धरानकी एक युवती प्रहरी नियन्त्रणमा परेकी छन्। धरान १३ स्थायी घर भई हाल काठमाडौंको लाजिम्पाटमा माझी विस्ट्रो रेस्टुरेन्ट सञ्चालन गर्ने सयना श्रेष्ठ ३० लाख ठगी गरेको आरोपमा पक्राउ परेकी हुन्। 

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता सोमेन्द्र सिंह राठौरका अनुसार सयना श्रेष्ठविरुद्ध अष्ट्रेलिया पठाइदिन्छु भनी प्रलोभनमा पारी ३० लाख ठगी गरेको भन्दै वैदेशिक रोजगार विभागमा उजुरी परेको थियो। यही उजुरीका आधारमा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो। उनलाई अपराध महाशाखाको टोलीले नियन्त्रणमा लिएको हो। प्रहरी अधिकृतका अनुसार धरानकी २५ वर्षीया सयना श्रेष्ठ र चितवनका २६ वर्षीय सञ्जय रेग्मी नजिकका साथी हुन्। आफूले सञ्चालन गरेको रेस्टुरेन्टमा आएको बेला सयनाले सञ्जयलाई चिनेकी हुन्। आफूलाई कन्सल्टेन्सी सञ्चालक बताउने रेग्मीबारे सयना धेरै जानकार छैनन्। युरोपका विभिन्न देशमा विद्यार्थी पठाउने काम गर्छु भन्दै रेग्मीले सयनालाई बताएका थिए। 

रेस्टुरेन्टमा आइरहने र दैनिक भेटघाट भैरहँदा उनीहरूबीच विश्वासको वातावरण बनेको थियो। प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा सयनाले सञ्जयलाई प्रेमी भनेर चिनाएकी छन्। उनका अनुसार सञ्जयले सयनाको बैंक अकाउन्ट मागेर व्यक्तिगत प्रयोजनका लागि प्रयोग गर्ने गरेको खुलेको छ। यही क्रममा रेस्टुरेन्टमा ग्राहकका रूपमा आएकी अमृता गुरुङ अष्टे«लिया जान लागेको सयनाले थाहा पाउँछिन्। उनले नै सञ्जयलाई चिनाइदिन्छिन्। 

सञ्जयले अमृतालाई आफूले छोटो समयमा अष्टे«लिया पठाउन सक्ने र उता ३ लाख कमाइ हुने काम खोजी दिने भन्दै विश्वासमा पार्छन्। प्रतिष्ठित कम्पनीमा काम पाइने र अष्टे«लियाको भिसा लाग्ने भएपछि अमृताले सञ्जयले भनेझै पटक–पटक गरी ३० लाख रुपैयाँ दिएकी थिइन्। 

पैसा लिनका लागि सञ्जयले सयनाकै बंैक अकाउन्ट प्रयोग गरेका थिए। पैसा लिएपछि फरार भएका सञ्जयविरुद्ध पनि वैदेशिक रोजगार विभागमा उजुरी परेको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.