राई तत्कालीन गृहमन्त्री थापाका सुरक्षा सल्लाहकार थिए
नक्कली भुटानी शरणार्थी बनाउने गिरोहमा संलग्न इन्द्रजित राई पक्राउ
काठमाडौं : प्रहरीले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा संलग्न भएको आरोपमा तत्कालीन गृहमन्त्री रामबहादुर थापा (बादल) का सुरक्षा सल्लाहकार इन्द्रजित राईलाई पक्राउ गरेको छ।
प्रहरी प्रवक्ता कुवेर कडायतले राईलाई मंगलबार बिहान ललितपुरबाट पक्राउ गरेको बताए। प्रवक्ता कडायतले अन्नपूर्णसँग भने- 'थप अनुसन्धान गर्नुपरेकाले राईलाई पक्राउ गरिएको हो।'
नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा राईको संलग्नता देखिएकाले पक्राउ गरेको प्रहरीले भनाइ छ। यसअघि प्रहरीले सोही घटनामा संलग्न केशव दुलाल,टंककुमार गुरूङ,सानु भट्टराई र सागर राईलाई पक्राउ गरिसकेको छ।
५ देखि ४५ लाखसम्म रुपैयाँ उठाएर भुटानी शरणार्थी बनाइ अमेरिका पठाउने गरेको उनीहरूमाथि आरोप छ ।
प्रतिक्रिया दिनुहोस !