दार्चुलाको हिमपहिरोमा बेपत्ता भएकाको पहिचान खुल्यो

दार्चुलाको हिमपहिरोमा बेपत्ता भएकाको पहिचान खुल्यो
सुन्नुहोस्

दार्चुला : मंगलबार दार्चुलाको हिमपहिरोमा परी बेपत्ता भएकाको पहिचान खुलेको छ। जिल्लाको व्याँस गाउँपालिका–१ भोलिन भन्ने स्थानमा हिमपहिरोमा परेर ७ जनाको सकुशल उद्दार गरिएको छ भने ५ जना  अझै बेपत्ता छन्।

बेपत्ता हुनेमा दार्चुलाको दुहुँ गाउँपालिका ४ पोक्सेका ३६ वर्षीया कमला कुँवर, उनका छोरा १८ वर्षीय प्रवीण कुँवर, डोटीको जोरायल गाउँपालिका २ बुडरका ४५ वर्षीया नक्की दोमा थापा, सोही ठाउँका २८ वर्षीया ईश्वरी थापा र १५ वर्षीया छिम्मी थापा रहेका जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए ।

आज बिहानैदेखि सशस्त्र प्रहरीको टोली र नेपाल प्रहरीको टोली गएर उद्दार गर्ने प्रमुख जिल्ला अधिकारी किरन जोशीले बताइन्।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.