सुरुङभित्र ढुङ्गा खसेर अरुण तेस्रोमा कार्यरत एक मजदुरको मृत्यु, दुई घाइते

सुरुङभित्र ढुङ्गा खसेर अरुण तेस्रोमा कार्यरत एक मजदुरको मृत्यु, दुई घाइते
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

मकालु गाउँपालिका–५ आमाराङस्थित अडिट–२ को सुरुङभित्र माथिबाट ढुङ्गा खसेर सिलिचोङ गाउँपालिका–५ का २७ वर्षीया प्रेम राईको मृत्यु भएको हो।

खाँदबारी : सङ्खुवासभामा निमार्णाधीन ९ सय मेगावटको अरुण तेस्रो जलविद्युत आयोजनाको सुरुङ्मा एक कामदारको मृत्यु भएको छ । 

मकालु गाउँपालिका–५ आमाराङमा रहेको अडिट २ को सुरुङभित्र माथिबाट खसेको ढुङ्गाले लागेर सिलिचोङ गाउँपालिका–५  का २७ वर्षीय प्रेम राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । 

मंगलबार राति  सुरुङभित्र काम गर्ने क्रममा माथिबाट खसेको ढुङ्गाले लागेर घाइते भएका राईको उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सरोज खनालले बताए । 

राईको जिल्ला अस्पताल खाँदवारीमा उपचारका क्रममा मृत्यु भएको हो ।  सुरुङभित्र काम गर्ने क्रममा अन्य दुईजना मजदुर समेत घाइते भएको प्रहरीले जनाएको छ ।  

भारतको आसाम गुवाहाटीका २३ बर्षीय साइमुदिन अली र २३ बर्षीय सममती वलिता घाईते भएका छन् ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.