राजधानीलाई दोस्रो फन्को

८ लेन सडकसहित साइकल लेन, हरियाली बेल्ट, फुटपाथ तथा आपांगमैत्री पेटीसमेतको व्यवस्था गर्ने अवधारणा छ।

राजधानीलाई दोस्रो फन्को

सहरी विकास मन्त्रालयले काठमाडौं उपत्यकालाई जोड्दै व्यवस्थित सहरीकरण गर्ने लक्ष्यका साथ तत्कालिन सहरी विकास मन्त्री अर्जुननरसिंह केसीले २०७४ वैशाख १३ गते सम्पूर्ण निर्णय प्रक्रियालाई पूर्णरूप दिएका थिए। 

मन्त्रालयका तत्कालिन प्रवक्ता डा. रमेशप्रसाद सिंहले बाहिरी चक्रपथ निर्माणको घोषणा तथा नयाँ नगरहरूको भौतिक विकास योजना कार्यान्वयनबारे जारी गरिएको प्रेस विज्ञप्तिमा तत्कालीन समयमा संघीय राजधानी काठमाडौं उपत्यकाका तीनवटै पुराना सहर र अन्य नवघोषित नगरपालिकाहरूलाई एउटै सडक सन्जालको माध्यमबाट आपसमा जोडेर व्यवस्थित सहरीकरण गर्ने दीर्घकालीन सोचअनुरुप तयार हुने र यो चक्रपथ आयोजना जग्गा विकास (ल्यान्ड पुलिङ) प्रविधि र प्रक्रिया अपनाएर निर्माण गर्न लागिएको नेपालकै पहिलो सडक हुनेछ भनिएको थियो।पहिलो चरणका रूपमा तीन वर्षअगाडि नै बाहिरी चक्रपथ निर्माणको चोभार, गाम्चा र सतुंगल खण्डको ६ दशमलव ६ किलोमिटरमा काम सुरु गर्ने भनिए पनि अहिलेसम्म कुनै पनि प्रक्रिया अगाडि बढेको छैन। सहरी विकास मन्त्रालयअन्तर्गत काठमाडौं उपत्यका विकास प्राधिकरणले बाहिरी चक्रपथ निर्माणको जिम्मा पाएको थियो। तर, काम अगाडि बढाउन नसकेको  प्राधिकरणले बताएको छ। 

कुल लम्बाइ ७१.९३ किमि हुने यस चक्रपथको निर्माणका लागि प्रथम चरणका रुपमा चोभार, गाम्चा र सतुंगल खण्डको ६.६ किलोमिटरमा निर्माण सुरु हुनेछ। प्रथम चरणको निर्माण खण्डमा पर्ने उक्त स्थानमा करिब ८ हजार रोपनी क्षेत्रफल र करिब १४ हजार जग्गाधनी रहेका छन्। चक्रपथको कुल लम्बाइमध्ये काठमाडौंमा ३५.०८ किलोमिटर, ललितपुरमा १५.८० किलोमिटर  र भक्तपुरमा २१.०५ किलोमिटर हुनेछ।

बाहिरी चक्रपथको ५० मिटर अधिकार क्षेत्रसहितको मूल सडकको सम्पूर्ण निर्माण खर्च नेपाल सरकारबाट ब्यहोरिने भएको छ भने ५०० मिटर (दायाँ–बायाँ २५०–२५० मिटर सडकको किनारबाट) चौडा क्षेत्रमा जग्गा एकीकरण (ल्यान्ड पुलिङ) प्रविधिद्वारा व्यवस्थित सहरीकरण गरिने छ। ८ लेन सडकसहित साइकल लेन, हरियाली बेल्ट, फुटपाथ तथा आपांग मैत्री पेटीको समेत व्यवस्था गरिएको छ। भनिएको छ।

काठमाडौंको त्रिभुवन राजपथ–बलम्बुलाई शून्य किलोमिटर मानेर सुरु हुने यो चक्रपथको निर्माण पूरा भएपछि नैकाप भञ्ज्याङ, थापागाउँ आसपास, स्युचाटार, सीतापाइला, बाहिरी स्वयम्भू, वनस्थली, बालाजु औद्योगिक क्षेत्रको छेउ तथा बाइपास, गोंगबु, हिलेडोल, मनमैजु, बालुवाटारको छेउ, टोखा–सरस्वती क्षेत्र, चपली, चुनीखेल, टुसाल गाउँ, गोकर्णेश्वर, बामथली, नयाँपाटी हुँदै जानेछ।

सीतापाइलाबाट हलचोक, गैरीगाउँ (इचंगुनारायण बाहिर), दौडिनेपानी, नेपालटार, फुटुङ्लाई चिर्दै १३ किलोमिटर क्षेत्रको टोखा–सरस्वती क्षेत्रमा मिलाउने गरी थप १५ किलोमिटर सडक निर्माण गर्ने योजना रहेको अवस्थामा बाहिरी चक्रपथको कुल लम्बाइ ८६ किलोमिटरभन्दा बढी हुन जाने देखिन्छ।

भक्तपुर क्षेत्रमा थली–डाँछी, चाँगुनारायण क्षेत्र, फुयाँलगाउँ, दुवाकोट, रोकागाउँ, हनुमानटार, लुकुन्डोल, पकाउने पाटी, खरीपाटी, सुडाल, यङ्डोल, जगाती (इँटा टायल कारखानाको छेउ), भक्तपुर नगरपालिका, हनुमन्ते खोलाको छेउ, अरनिको राजमार्ग, सिर्जनानगर, सल्लाघारी, त्रिभुवन विमानस्थलको बाहिरी क्षेत्र, दधीकोट, गाम्चा भएर निर्माण कार्य अगाडि बढाइने छ।

ललितपुरमा लुभु, विष्णुडोल, हरिसिद्धि, दशघर, धापाखेल, ठेचो, जावलाखेल, बुङ्मती, खोकना, कार्यविनायक, बागमतीपुल (चोभार क्षेत्र), पुरानो सिमेन्ट कारखानाको छेउ, कीर्तिपुर क्षेत्र, गाम्चा, मच्छेगाउँ हुँदै, तीनथानाको दक्षिण हुँदै सतुंगलसम्म पुगेर चक्रपथ बनाइने छ।

१४ वैशाख २०७४ मा मन्त्री केसीको अध्यक्षतामा बसेको काठमाडौं उपत्यका विकास प्राधिकरणको भौतिक विकास समितिको बोर्ड बैठकमा सहरी विकास मन्त्रालय, ऊर्जा मन्त्रालय, भूमिसुधार तथा व्यवस्था मन्त्रालय, तथा सञ्चार तथा सूचना मन्त्रालयका सचिवलगायत अर्थ मन्त्रालयका सहसचिव तथा काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका जिल्ला विकास समितिका स्थानीय विकास अधिकारीहरू र काठमाडौं, ललितपर, भक्तपुर तथा मध्यपुर–ठिमीका कार्यकारी अधिकृतहरू समेतको उपस्थिति रही तपसिल विषयहरूमा छलफल भई निर्णय गरेको थियो।

तत्कालीनमन्त्री अर्जुननरसिंह केसी बिग्रँदै गएको शहर र शहरी व्यवस्थापनलाइ व्यवस्थित गर्न बाहिरी चक्रपथको योजना अगाडी बढाएको स्वीकार्छन्। तर, काम हुन नसेकोमा उनलाई दुःख लागेको बताए। हो , मेरो पालामा निर्णय गरेका हौ, तर काम हुन सकिरहेको छैन्, देशको अर्थतन्त्रका सगै देशको राजधानीलाई सफा बनाउने दुरगामी योजना साकार हुन सकेन्।, अब त प्रदूषित सहरको सूचीमा देश परिसक्यो। व्यस्थित सहर बनाउने उद्देश्यले आफूमन्त्री हुँदा गरेका गतिला निर्णयहरू सफल हुन नसकेकोमा उनी दुःख लागेको बताउँछन् ।

काठमाडौं उपत्यका विकास प्राधिकरणका आयोजना प्रमुख भन्छन्, ‘नयाँ कार्यक्रम कुनै छैन्, पुरानै अपडेट हो।’ मुआब्जासम्बन्धी विषयमा सूचना अधिकारी सौरव ढकाल भन्छन्, ‘विवाद छ चक्रपथ निर्माण सुरु नहँुदै वरपर धमाधम घर निर्माण हुन थालेका छन्।’ ठूलो लगानीको आयोजना भएकाले स्रोत पनि जुटाउनुपर्ने प्राधिकरणले बताएको छ।  

१४ वैशाख २०७१ मा तत्कालीन सहरी विकासमन्त्री अर्जुननरसिंह केसीको अध्यक्षतामा बसेको काठमाडौं उपत्यका विकास प्राधिकरणको भौतिक विकास समितिको बोर्ड बैठकमा सहरी विकास मन्त्रालय, ऊर्जा मन्त्रालय, भूमिसुधार तथा व्यवस्था मन्त्रालय, तथा सञ्चार तथा सूचना मन्त्रालयका सचिवलगायत अर्थ मन्त्रालयका सहसचिव तथा काठमाडौं, ललितपर र भक्तपुर जिल्लाका जिल्ला विकास समितिका स्थानीय विकास अधिकारीहरू र काठमाडौं, ललितपर, भक्तपुर तथा मध्यपुर– ठिमीका कार्यकारी अधिकृतहरू समेतको उपस्थितिको बैठकले ३ बुँदे निर्णय गरेको थियो। 

पूर्वाधार विज्ञ सूर्यराज आचार्य बाहिरी चक्रपथ अत्यान्तै महत्वपूर्ण भएको बताउँछन्। ‘सहरी चक्रपथको भूमिका लामो दूरीका गाडी मेन बाटो नगई किनार किनारै जाने उद्देश्य हो। जसले उपत्यकाभित्र भीडभाड हँुदैन। यसले सहरी क्षेत्रका बस्ती विकास हुने संभावना हो। जसले देशको अर्थतन्त्र र विकासमा टेवा गुग्छ।’ नवीन प्रंणालीको उपभोग हँुदै यो के कारणले रोकियो दुभाग्यपूर्ण हो। अझै पनि जति सक्दो छिटो गर्दा यसले देशको समृद्धि अर्थतन्त्र सँगै सहर व्यवस्थित गर्न मद्दत गर्छ आचार्यले भने।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.