गृहसँगै स्वास्थ्य मन्त्रालय माग्यो रास्वपाले, देउवाले रविलाई भने- स्वास्थ्य दिन सक्दिनँ, गृहबारे प्रधानमन्त्रीसँग कुरा गर्नूस्

गृहसँगै स्वास्थ्य मन्त्रालय माग्यो रास्वपाले, देउवाले रविलाई भने- स्वास्थ्य दिन सक्दिनँ, गृहबारे प्रधानमन्त्रीसँग कुरा गर्नूस्

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा सहभागी हुने/नहुने विषयबारे शुक्रबार टुंगो लगाउँदैछ । त्यसअघि सरकारमा सहभागी हुने उद्देश्यले सो पार्टीका सभापति रवि लामिछानले सत्ता गठबन्धनका शीर्ष नेताहरूसँगको बैठकलाई तीव्रता दिएका छन् । गृह मन्त्रालयको नेतृत्व गरेर लामिछाने सरकारमा सहभागी हुन खोजेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले रास्वपा अध्यक्ष लामिछानेलाई गृह मन्त्रालय दिन सकिने जनाउ पनि दिइसकेका छन् । तर, वर्तमान गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई व्यवस्थापन गर्ने विषयमा प्रधानमन्त्री दाहाललाई सकस पर्ने माओवादी केन्द्रका नेताहरूले बताएका छन् ।

लामो समय श्रेष्ठलाई गृहमन्त्री बनाउने पक्षमा स्वयं प्रधानमन्त्री दाहाल समेत नभएको स्रोतले बताएको छ । 

पर्यटनमन्त्री सुदन किराँतीले केही दिनअघि सार्वजनिक कार्यक्रमा प्रधानमन्त्री दाहालले लामिछानेलाई रोजेको मन्त्रालय दिएर सरकारमा ल्याउनु पर्ने बताएका थिए ।  लामो समय श्रेष्ठलाई गृहमन्त्री बनाउने पक्षमा स्वयं प्रधानमन्त्री दाहाल समेत नभएको स्रोतले बताएको छ । 

रास्वपा सभापति लामिछानेले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री दाहालसँग भेट गरिसकेका छन् । देउवा र लामिछानेबीच मंगलबार भेट भएको थियो । भेटमा लामिछानेले गृह मन्त्रालय पाए आफू सरकारमा जाने देउवालाई जानकारी गराएका थिए ।

सभापति देउवाले गृह मन्त्रालयबारे प्रधानमन्त्री दाहालले निर्णय गर्न सक्ने तर, स्वास्थ्य मन्त्रालय कांग्रेसले नछाडने लामिछानेलाई जवाफ दिएका थिए । 

स्रोतका अनुसार,लामिछानेले देउवासँग स्वास्थ्य मन्त्रालयको समेत दावी गरेका थिए । सभापति देउवाले गृह मन्त्रालयबारे प्रधानमन्त्री दाहालले निर्णय गर्न सक्ने तर, स्वास्थ्य मन्त्रालय कांग्रेसले नछाडने लामिछानेलाई जवाफ दिएका थिए । 

कांग्रेस सभापति देउवाको भनाई उदृत गर्दै स्रोतले भन्यो,‘गृहमन्त्रालयमा माओवादीकै मन्त्री हुनुहुन्छ । तपाईंलाई गृह मन्त्रालय दिने/नदिने निर्णय प्रधानमन्त्रीज्यूलेनै दिनुहुन्छ । स्वास्थ्य मन्त्रालयल चाँहि कांग्रेसले नै राख्छ । पार्टीको आन्तरिक समस्या हल गर्नुछ । ’

भनेजस्तो मन्त्रालय नपाए सरकारमा जान नसक्ने समेत रास्वपाका नेताहरुले बताउँदै आएका छन् ।

पार्टीभित्रका आन्तरिक समस्या सुल्झाउनु पर्ने भएकाले स्वास्थ्य मन्त्रालय अन्य दललाई दिन नसकिने सभापति देउवाले भनेका थिए । भनेजस्तो मन्त्रालय नपाए सरकारमा जान नसक्ने समेत रास्वपाका नेताहरुले बताउँदै आएका छन् ।

पुस ११ गते प्रधानमन्त्री बनेका दाहालले ४ महिना वितिसक्दा समेत सरकारलाई पूर्णता दिन सकेका छैनन् ।  एकतर्फ रास्वपा सभापति लामिछाने सरकारमा सहभागी हुने मन्त्रालयको बार्गेनिङ गरिरहेका छन् भने अर्कोतर्फ आफै प्रधानमन्त्री बन्ने प्रयासमा राष्ट्रिय प्रजातन्त्र पार्टी,जनमत,नागरिक उन्मुक्ति पार्टीलगायत दलसँग छलफलमा जुटेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.