अर्घाखाँचीमा ढुंगाले लागेर महिलाको मृत्यु

अर्घाखाँची : अर्घाखाँचीको सुपा देउराली मन्दिर परिसरमा माथिबाट खसेको ढुङ्गाले लागेर एक महिलाको मृत्यु भएको छ ।
मन्दिर परिसरमा पसल सञ्चालन गर्दै आएकी सन्धिखर्क नगरपालिका–७, बागमारा निवासी ३५ वर्षीय कल्पना थापाको ढुंगाले लागेर मृत्यु भएको वडाअध्यक्ष चुरा बहादुर केसीले जानकारी दिए।
वितग ३ वर्षदेखि उनले मन्दिर परिसरमा पुजाका सामग्रीको व्यवसाय गर्दै आएकी थिइन् ।
पसल बाहिर बसिरहेको अवस्थामा माथिबाट खसेको ढुंगाले लागेर घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !
