सिम्रिक एयरको हेलिकोप्टर दुर्घटना : घाइतेहरूलाई काठमाडौं लगियो

सिम्रिक एयरको हेलिकोप्टर दुर्घटना : घाइतेहरूलाई काठमाडौं लगियो
दुर्घटनास्थल

संखुवासभा : संखुवासभामा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा पाइलटसहित चारजना घाइते भएका छन्। उनीहरूलाई नेपाली सेना र सिम्रिक एयरको हेलिकोप्टरबाट काठमाडौं लगिएको छ। पाइलट सुरेन्द्र पौडेल , स्थानीय भविन गुरूङ ,चेपुवाका छिरिङ भोटे घाइते भएका हुन्।

सिम्रिक एयरका पाइलट सिद्धार्थ गुरुङले घाइतेहरूलाई काठमाडौं लगेका छन्।

अपर अरूण जलविद्युत आयोजनाको सामान झारेर फर्किने क्रममा शुक्रबार दिउँसो 9 N-AJZ कलसाइनको हेलिकोप्टर संखुवासभाको भोटेखोला- ४ सिप्रुङको जिजिङ्खामा दुर्घटनामा परेको हो।  

हेलिकोप्टरले माटो, ढुंगा तथा कंक्रिटलगायतका सामान लिएर आएको अपर अरुण आयोजनाका वरिष्ठ सहायक गृष्म भण्डारीले बताए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.