हेलिकोप्टर दुर्घटनामा घाइते गुरुङको मृत्यु

हेलिकोप्टर दुर्घटनामा घाइते गुरुङको मृत्यु
हेलिकप्टोरमार्फत खाँदबारी ल्याएका विद्युत प्राधिकरणका कर्मचारी विक्रम शंकरको उपचार गर्दै स्वास्थ्यकर्मी । तस्बिर :अनिष विष्ट
सुन्नुहोस्

खाँदबारी  : संखुवासभाको भोटखोला–४ सिप्ररुङको हम्बरेडाँडामा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा घाइते एकजनाको मृत्यु भएको छ । स्थानीय भविन गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी वीरेन्द्र गोदारले जानकारी दिए ।

दुर्घटनामा घाइते गुरुङलाई हेलिकोप्टरमार्फत् उपचारका लागि ल्याउने क्रममा तुम्लिङटार विमानस्थलमा मृत्यु भएको हो । शुक्रबार दिउँसो १ बजेर १० मिनेटमा भोटखोला गाउँपालिका ४ हटिया,सिक्प्रुङको हम्मरेडाँडामा रुखमा ठोक्किएर हेलिकोप्टर दुर्घटनामा परेको हो।

दुर्घटनामा क्याप्टेन सुरेन्द्र पौडेल, छिरिङ भोटे, मनोज थापा,विद्युत प्राधिकरणका कर्मचारी विक्रम शंकर  घाइते छन् । क्याप्टेनसहित ३ जनाको काठमाडौंको मेडिसिटी अस्पतालमा उचार भइरहेको छ । घाइतेमध्ये विक्रम शंकरको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि सिम्रिक एयरको अर्को हेलिकोप्टरबाट थप उपचारका लागि काठमाडौं लगिएको छ ।

हेलिकोप्टरले माटो,ढुंगा तथा कंक्रिटलगायतका सामान लिएर जाने क्रममा दुर्घटनामा परेको माथिल्लो अरुण आयोजनाका वरिष्ठ सहायक गृष्म भण्डारीले बताए ।  भोटखोला–५ राप्साबाट सामान ढुवानी गर्ने क्रममा शुक्रबार दिउँसो दुर्घटना भएको गाउँपालिका अध्यक्ष वाङ छेदर भोटेले जानकारी दिए ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.