अर्थमन्त्रीलाई विश्वप्रकाशको सुझाव : बजेटको आकार घटाउनुभन्दा पुँजीगत खर्च बढाउने रणनीति तयार गरौं

अर्थमन्त्रीलाई विश्वप्रकाशको सुझाव : बजेटको आकार घटाउनुभन्दा पुँजीगत खर्च बढाउने रणनीति तयार गरौं

काठमाडौं : नेपाली कांग्रेस सांसद विश्वप्रकाश शर्माले बजेटको आकार घटाउनुभन्दा पुँजीगत खर्च बढाउन रणनीति तर्जुमा गर्नुपर्नेमा सुझाव दिएका छन्।मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद शर्माले पुँजीगत खर्च बढाउन कानुन, नीति र रणनीति आवश्यक रहेको भन्दै अर्थमन्त्रीको ध्यानाकर्षण गराए।

उनले भने, 'बजेटको आकार घटाउने होइन। पुँजीगत खर्च बढाउन कानुन,नीति र रणनीति तर्जुमा गरौं।'

व्यापार घाटा कम गर्न उत्पादन र व्यापार बढाउनुपर्नेमा जोड दिए। उनले प्रशासनिक सेवाहरू झन्झटिला हुँदै गएको भन्दै त्यसमा सुधार आवश्यक रहेको बताए। सांसद शर्माले युवाहरूलाई स्वदेशमै रोजगारीको अवसर सृजना गर्नुपर्नेमा जोड दिए। त्यसका लागि अर्थमन्त्रीले बैंकिङ सहजताको नीति बनाउनुपर्ने उनको सुझाव छ।

उनले भने,'अबको दशकमा व्यापार गर्न हजारौं युवाहरू तम्तयार छन्।  सामेल छन्। तरकारी र फलफूल उत्पादनको कुरामा । गाई पालनको विषयमा । दु्ग्ध उत्पादनको विषयमा  माछामासु उत्पादनको विषयमा ।  तिनलाई बैंकिङ सहजताको नीति बनाउने कुरामा अर्थमन्त्रीज्‍यूले ध्यानदिनुपर्छ।'

मुलुकको आर्थिक अवस्था कमजोर भएकाले कारण निजी क्षेत्र समस्यामा परेको भन्दै सरकारले आफ्नो नीति सुधार गरेर गरिखान दिने वातावरण बनाउनुपर्ने बताए।

उनले मुलुक आत्मनिर्भार नभएसम्म विकास संभव नहुने बताए। उनले भने,'सिमेन्टमा हामी आत्मनिर्भर भयौं, निर्यात सुरू गरेका छौं। जुत्तामा आत्मनिर्भर भयौं निर्यातामार्फत् अरबौं रुपैयाँ आयात भइरहेको छ। जनतालाई गाउँमा खानेपानी पुर्‍याउने सरकारले हो। जुत्ता पुर्‍याउने नीजि क्षेत्रले हो। गाउँमा स्कुल र अस्पताल पुर्‍याउने सरकारले हो। मोजा पुर्‍याउने नीजि क्षेत्रले हो।गाउँमा बाटो पुर्‍याउने  सरकारको हो तर टोपी र गन्जी पुर‍याउने नीजी क्षेत्रले हो।'

उनले लगानीमैत्री वातावरण बनाउन नसकेको बताए।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.