अर्घाखाँचीमा आगो निभाउने क्रममा जलेका ३ जनाको मृत्यु , १ गम्भीर
![अर्घाखाँचीमा आगो निभाउने क्रममा जलेका ३ जनाको मृत्यु , १ गम्भीर](https://annapurnapost.prixacdn.net/media/albums/Death_20190729064735_kwOnhfdMkK.jpg)
अर्घाखाँची : अर्घाखाँचीको भुमिकास्थान नगरपालिकामा लागेको आगो निभाउने क्रममा जलेर ३ जनाको मृत्यु भएको छ। मंगलबार दिउँसो भुमिकास्थान नगरपालिका- २ तिरतिरे खोला गाउँका पदम वेल्वासेको घरमा सल्किएको आगो निभाउने क्रममा घाइते भएका तीन जनको मृत्यु भएको हो।
घाइतेलाई जिल्ला अस्पताल सन्धिखर्कमा उपचारपछि थप उपचारका लागि मिसन अस्पताल पाल्पा रिफर गरिएको थियो। थप उपचारका लागि लैजादै गर्दा उनीहरुको मृत्यु भएको उपचारमा संलग्न स्थानीय विष्णु वेल्वासेले बताए।
आगोलागिमा परि घाइते भएका भुमिकास्थान- २ तिरतिरे गाउँका ७२ बर्षिय पिताम्बर वेल्वासेको उपचारको लागि लैजादै गर्दा पाल्पाको रामपुरमा, ५५ वर्षीय पदम वेल्वासेको नारायणघाट नजिकै र ५२ वर्षीय घनश्याम वेल्वासेको काठमाडौं किर्तिपुर अस्पतालमा पुगेपछि मृत्यु भएको हो।
३६ वर्षीय माधव वेल्वासेको अवस्था गम्भीर रहेको अस्पतालमा उपचाररत चिकित्सकहरुले बताएका छन्।
८ घर गोठ जलेर नष्ट
सन्धिखर्क नगरपालिका–४, वाङलामा रहेको मुस्लिम बस्तीमा आगोलागी हुँदा आठ घरगोठ जलेर नष्ट भएका छन्। कम्तीमा ४ भैंसी जलेका छन्। कुखुरा फर्ममा आगोलागि हुँदा ८ सयभन्दा बढी कुखुरा जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
आगलागीले मुस्लिम बस्तीका खैरे मियाँ, रजिम मियाँ, काला मियाँ, सम्सु मियाँ, जमालदिन मियाँ, सफी मियाँ र समसेर मियाँका ८ घरगोठ जलेर नष्ट भएका छन्।
नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय वासिन्दा र जनप्रतिनिधिको सक्रियतामा आगो नियन्त्रणमा आएको छ।
यो पनि पढ्नुहोस
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)